Thursday, March 23, 2017  |    

गोरुजुधाई प्रतियोगितामा बेत्रावतीलाई हराउँदै तारुका बिजयी

प्रकाशित मिति: 2017/02/03

माघ २१, नुवाकोट । नुवाकोटको तारुका स्थीत बट्टार बजारमा सञ्चालित नुवाकोट महोत्सवमा सञ्चालन भएको गोरु जुधाई प्रतियोगितामा बेत्रावतीलाई हराउँदै तारुका बिजयी भएको छ ।
रसुवाको बेत्रावतीमा बाट २ हल र नुवाकोटको तारुकाबाट २ हल गोरु जुधाईएकोमा तारुकाले बिजयी हासिल गरेको हो । तारुकाका धर्म श्रेष्ठ र बिष्णु श्रेष्ठको गोरुले बिजयी हासिल गरेको हो । प्रतियोगितामा चन्द्र श्रेष्ठको गोरुको सिङ फुस्केको कारण बराबरी भएको थियो भने मदन श्रेष्ठको गोरु बिरामी भएकाले प्रतियोगितामा सहभागि मात्रै गराईएको थियो ।
नुवाकोटको तारुका र रसुवाको बेत्रावतीमा प्रत्येक बर्ष माघेसंक्रान्तिको अवसर पारेर गोरुजुधाई प्रतियोगिता सञ्चालन गरिदै आईएको छ । पछिल्लो गोरुजुधाई प्रतियोगिता भने नुवाकोट महोत्सवको अवसरमा सञ्चालन गरिएको हो । यससँगै यसबर्षको गोरुजधाई प्रतियोगिता पनि सम्पन्न भएको छ । माघ १४ गतेबाट सुरु नुवाकोट महोत्सव भने माघ २४ गते समापन हुनेछ ।

 

तपाईंको बिचार