Sunday, March 26, 2017  |    

पर्यटन प्रवद्र्धन गर्न रारामा मन्त्रीपरिषद् बैठक गर्ने प्रधानमन्त्रीको भनाई

प्रकाशित मिति: 2017/02/03

माघ २१, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुगु जिल्लाको रारामा मन्त्रीपरिषद्को बैठक गर्ने उद्घोष गर्नु भएको छ ।
काठमाडौं स्थित र्याडिशन होटलमा नेकपा माओवादी (केन्द्र) निकट व्यवसायीहरुको एकता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले रारालाई विश्वभर प्रबद्र्धन गर्नको लागि आफूले त्यस्तो निर्णय गरिसकेको बताउनुभयो ।
उहाँले केही समय भित्रमा नै यो कार्यक्रम सम्पन्न हुने बताउनुभयो ।
एकतासँगै तीन धारमा देखिएका माओवादी निकट व्यवसायीहरुलाई एक बनाएको छ । एकीकृत पर्यटन व्यवसायी संगठन, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी मञ्च र राष्ट्रिय पर्यटन व्यवसायी संगठन क्रान्तिकारीबीच एकता भएको हो ।
एकता भएसँगै गठन भएको नेपाल पर्यटन व्यवसायी संगठनको संयोजकमा नवराज दाहाल चयन भएका छन । भेलाले १ सय २५ सदस्यीय कमिटिलाई अनुमोदन गरेको छ भने आगामी तीन महिना भित्र सम्मेलन गरि नयाँ कार्यसमिति चयन गर्ने पनि बताइएको छ । संगठनमा २५ सदस्यीय सल्लाहकार समिति र ३७ सदस्यीय सचिवालय समिति रहने बताईएको छ ।

 

तपाईंको बिचार