Monday, October 23, 2017

समयले जुराएको सफलता, हिम थाई रेष्टुरेष्ट

प्रकाशित मिति: 2017/02/13

फागुन २, काठमाण्डौ । हिम थाई रेष्टुरेण्ट नेपालमा थाई रेष्टुरेष्टको दुनियाँमा स्थापित नाम हो ।
२६ बर्षअगाडि स्थापित उक्त रेष्टुरेण्टको बिभिन्न कालखण्डमा बिभिन्न ठाँउमा स्थान्तरण भएपनि अहिले सम्म पनि यसको ब्राण्ड लोकप्रिय भईरहेको छ ।
जावलाखेल स्थीत नेपाल टेलिकमको पछाडिपट्टि रहेको ‘हिम थाई रेष्टुरेण्ट’ त्यही ईतिहासको निरन्तरता हो । जसले आजसम्म पनि ग्राहकहरुको बिश्वास कायम राखेकै छ ।
हिम थाईका सञ्चालक हुन– मधु केशी । ललितपुरको ईमाडोलमा २०२२ ताका जन्मिएका केशी परिवारमा जेष्ठ सदस्य हुन । उनका बुबा रामबहादुर केसी आफैमा सफल व्यावसायी हुन ।
व्यावसायिक पारिवारिक पृष्ठभुमिकै कारण पनि उनमा नविन व्यावसायिक सोच सिर्जना गर्न मदत पुगेको उनको ठम्याई छ ।
होटल व्यावसाय क्षेत्रमा सुरुका दिनमा बिभिन्न तारे होटलहरुमा काम गर्दैै गर्दा प्राप्त गरेको सिपले उनलाई व्यावसायीमा स्थापित गराएरै छाड्यो ।
२०६० सालमा लाजिम्पाटमा सञ्चालन हुँदै गरेको हिम थाई रेष्टुरेण्टको स्वामित्व खरिद गर्न सफल भए । सञ्चालनको करिब एक दशकपछि ३ बर्षअगाडिबाट जावलाखेलमा स्थान्तरण गरी ग्राहक सेवामा समर्पित हुँदै आएका छन ।
मुख्यतः बिदेशी पर्यटकहरुलाई लक्षित गरी स्थापना गरिएको हिम थाई रेष्टुरेण्ट’ थाई परिकारमा समर्पित सबैभन्दा पुरानो ब्राण्ड हो । नबिन सोच र एकमात्र सेवा भएकाले पनि बिदेशी पर्यटकहरुमाझ यसको ब्राण्ड नै बनेको छ । अर्थात थाई परिकार रोज्नेहरुको लागि हिम थाईको बिकल्प नै थिएन सुरुका दिनमा ।
सेवा परिष्कृत हुँदै जाँदा आजका दिनमा चाईनिज, कन्टिनेन्टल, ईटालियन खानाका स्वादहरु समेत यसमा समेटिएका छन । सिंगापुर र युरोपका बिभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त अनुभवहरुलाई सँगाल्दै केशीले रेष्टुरेण्टलाई अझ परिष्कृत बनाएका छन ।
२४० जनाको सेमिनार हल, एकपटकमा १५० भन्दा बढिलाई खाना खुवाउन सक्ने क्षमताको उक्त रेष्टुरेष्ट आधुनिक होटल संरचनामा प्राप्त हुने सबै किसिमका सेवा सुबिधाले सुसज्जीत छ ।
शान्त बातावरणका बिच रुफ टपमा बसेर दृश्यावलोकनको अवलोकन गर्दै मुस्कुराईरहेका स्वदेशी तथा बिदेशी पर्यटकहरु सबै हिमथाईको सेवाप्रति सन्तुष्ट देखिन्छन ।
व्यावसायिक हितमा मात्रै केन्द्रित हुने भन्दा पनि ग्राहकहरुको सेवालाई पनि ध्यान दिदै नबिन प्रयोग गर्नुमा नै आनन्द हुने रहेछ, सञ्चालक मधु केशी यसै भन्दै थिए ।
कतै जाँदै थिए, केसी । यद्यपी उनको मिलनसार स्वभावकै कारण हामीसँग कुरा गर्न राजी भए ।
सफलता समयसँग जोडिने रहेछ, आजकल व्यावसायिक मुनाफाको ध्याउन्नमा रेष्टुरेण्टहरुको संख्या बढेपनि सबैले आफ्नो साख जोगाउन नसक्ने उनको ठम्याई छ । भुकम्पपछिको पर्यटन केही खस्कदै गएकाले पनि बिगत जस्तो उत्साह व्यावसायमा नदेखिएको उनले बताए ।
यद्यपी समयले उनलाई सफलता दिएरै गयो । कर्म र समय मिल्दा सबैथोक पुग्ने रहेछ, उनी यसै भन्दै थिए ।

 

तपाईंको बिचार