Wednesday, May 24, 2017  |    

नाट्टा, नाटो र सोट्टोको गोप्य भेलाको रहस्य पर्दाफास, गरेछन रकम बढाउने तयारी

प्रकाशित मिति: 2017/02/13

फागुन २, काठमाण्डौ । ट्राभल व्यावसाय सम्बद्ध संगठनहरुले ट्राभल एजेन्सी स्थापना गर्न आवश्यक पर्ने बैङ्क ग्यारेन्टी रकम बढाउने तयारी गरिरहेको खुलासा भएको छ ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स(नाट्टा), नेपाल एसोसिएसन अफ टुर अपरेर्टस(नाटो) र सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल(सोट्टो)ले केही दिन अघि गोप्य बैठक गरी धरौटी रकम ३ लाखबाट बढाउने अन्तीम तयारी गरिरहेको बिशेष स्रोतले गन्तव्य नेपाललाई बतायो ।

ट्राभल एजेन्सी व्यावसायलाई निरुत्साहित गर्ने हिसाबले सरकारसँग मिलेर व्यावसायी मास्ने गोप्य छलफलका बिरुद्ध आफुहरु सचेत रहेको समेत स्रोतले बताएको छ ।

व्यावसायीका हकहितबिरुद्ध कालोकोठेरीमा बैठक बस्नुपर्ने स्थीति आफैमा अवाञ्छित गतिबिधी भएको भन्दै कुनैपनि हालतमा निर्णय लागु गराउन नदिने समेत उनीहरुले बताएका छन ।

व्यावसायीका हकहितका कुरा गर्नेले आफै सरकारलाई रकम बढाउन उक्साउन लागी पर्नु दुर्भाग्य भन्दै संगठनको कार्यक्षेत्र नभुल्न चेतावनी समेत दिए ।

 

तपाईंको बिचार