Thursday, March 23, 2017  |    

इन्फीनिटि रिर्सोट परिष्कृत बन्दै, गन्तव्य नेपाल गु्रपका अध्यक्ष अधिकारीको थपियो लगानी

प्रकाशित मिति: 2017/02/15

फागुन ४, काठमाडौं । पर्यटकीय पोखराको लेकसाइटबाट तीन किलोमिटर पश्चिममा अवस्थित सेदी हाइट अहिले पर्यटनमय बन्दै गइरहेको छ ।

इन्फिनिटि रिसोर्ट सञ्चालनमा ल्याइएपछि यहाँको पर्यटन फस्टाउन थालेको हो । स्थानीय यूवा विनोद तिमिल्सिना तथा गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारीको लगानीमा उक्त रिर्सोट सञ्चालन भैरहेको छ ।

रिसोर्टमा प्रवेश पश्चात सञ्चालक शिव अधिकारीले आन्तरिक तथा वाह्य पर्यटकहरुको आधुनिक चाहनालाई मध्ये नजर गर्दै सोही बमोजिम रिसोर्ट बनाईएको र यसलाई शान्दार रुपमा सञ्चालन गर्नको लागि आफु लागि पर्ने बताउनु भयो ।

 

रिसोर्टले दिने सेवाहरुः
१२ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा स्विमिङ पुल र पार्किङको पनि सुबिधा छ । रिसोर्टमा २२ वटा डिलक्स र दुई स्विट सहित २४ रुम छन् । होटलका अधिकांश रुमबाट फेवातालको दृष्य देख्न सकिन्छ । डिलक्स रुमलाई ७५ डलर अर्थात् ७ हजार पाँच सय र स्विट रुमलाई १५० डलर अर्थात् नेपाली १५ हजार रुपैया शुल्क निर्धारण गरिएको छ भने यसमा ब्रेकफास्ट, एपोर्टबाट ल्याउने लानेको व्यवस्था र सम्पूर्ण सेवा शुल्क समावेश गरिएको छ । अहिले केही समयको लागि रुममा ५० प्रतिशतसम्म छुट दिइएको रिसोर्टका सञ्चालक मध्येका एक तिमिल्सनाले जानकारी दिनुभयो ।

त्यस्तै एक सय जना क्षमताको सेमिनार हल तथा रेस्टुरेन्ट रहेको छ । त्यत्तिमात्रै होइन रिसोर्टमा २ सय जना अट्ने आउटडोर सेवासमेत रहेको छ । रिसोर्टबाट फेवातालसहित विश्वशान्ति स्तुपा, सराङकोटसँगै पोखराको मनोराम प्राकृतिक दृष्य अवलोकन गर्न सकिन्छ ।

 

तपाईंको बिचार