Thursday, March 23, 2017  |    

भिटोफ नेपालको नलाङस्थित सिद्ध लेकको भ्रमण कार्यक्रम सम्पन्न

प्रकाशित मिति: 2017/02/27

काठमाडौं । ग्रामिण पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल)ले धादिङको सलाङ होमस्टे र नलाङस्थित सिद्ध लेकको भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । भिटोफ नेपालका अध्यक्ष कमलसापकोटाको नेतृत्वमा गएको टोलीले त्यस क्षेत्रको पर्यटकीय गतिविधि तथा गन्तव्यहरुको स्थलगत अध्ययन अवलोकन गरेको छ ।

भ्रमणपछि प्रतिक्रिया दिदै अध्यक्ष सापकोटाले जिल्लामा पुराना होमस्टेहरु पुनःसञ्चालन हुनुका साथै नयाँ गाउँबस्तीहरुमा होमस्टे सञ्चालन गर्ने माग आएपछि आफुहरु उत्साहित भएको बताउनुभयो ।

पूर्व पर्यटनमन्त्री तथा माओवादी केन्द्रका नेता लोकेन्द्र विष्ट मगर, टानका अध्यक्ष चन्द्र रिजाल, गणेश हिमाल पर्यटन विकास समितिका अध्यक्ष तेजबहादुर गुरुङलगायत विभिन्न पर्यटकीय संघसंस्थाका प्रतिनिधिहरु तथा पर्यटन पत्रकारहरुको सहभागिता रहेको टोलीलाई सलाङ्ग–१, आमकोट र कमलाबारीमा रहेका मगरबस्तीमा आरम्भ गरिएको होमस्टेमा  मगर समुदायहरुले मौलिक सोरठी नाँचले स्वागत गरेका थिए ।

शिवरात्रिका दिनदेखि आमकोटका ६० घरधुरीमध्ये २५ घरधुरीमा ४ देखि ६ जनासम्म पाहुनालाई व्यवस्थापन गर्न सकिने होमस्टेहरु सञ्चालनमा ल्याइयो ।

भिटोफ नेपालले आयोजना गरेको सलाङ र नलाङ भ्रमणपश्चात सहभागिहरुले सुनाएको अनुभवअनुसार यस क्षेत्रको पर्यटकीय विशेषता यस्ता छन्ः
मगर संस्कृति
उच्च हिमश्रृंखला
मौलिक भेषभुषा
मगर भाषाको छुट्टै स्वाद
परम्परागत रहनसहन
ग्रामीण जीवनशैली
धार्मिक स्थल ढेवा लेक

धादिङ जिल्लाको सबै गाविस एकै ठाउँबाट मनोरम ग्रामीण द्रिस्यावलोकन गर्न सकिने सिद्दलेक र विश्वकै दुर्लभ शिवलिङ्ग
राजधानिदेखी करिव २ः३० घण्टामै मोटरमा पुग्न सकिने
साइक्लिङको सम्भावना
२/३ घण्टाको रमणीय हाइकिङ
नेपाली मौलिकता बोकेको घरवास 

तपाईंको बिचार