Wednesday, June 28, 2017  |    

जंगल सफारीको पर्याय चितवनको जगतपुर लज, मार्च १ बाट औपचारिक सुरु

प्रकाशित मिति: 2017/02/28

फागुन १७, काठमाण्डौ । जिबनमा सम्झनाहरु तिनै रहन्छन, जुन एड्भेन्चरसँग जोडिएका हुन्छन । सामान्य जिन्दगी भन्दा केही क्षणकै लागी सही, मान्छे स्वतन्त्र रुपमा आफुलाई जे मन लाग्यो त्यही गर्न खोज्नु, र गर्न पाउनु सँगै जिबनको स्फुर्ति र आनन्द जोडिएको हुन्छ ।

सम्झनुस त, रात्रीकालिन जिबन, जंगलको यात्रा गर्दै जंगलको बिचमा पुगेर जंगली जनावारको आनन्ददायक अनुभुतिका बिच आफ्नो मनपरेको प्रियजनसँग रातो कोईलाको आगो ताप्दै बुस डिनर गर्नुको आनन्द, साँच्ची नै अलौकीक पल हुन्छ । साथमा ककटेल पार्टी सम्झदा पनि अहिले पुगीहालौ जस्तो ।
हो, यही जिबनका महत्वपुर्ण एड्भेन्चरलाई समेट्ने उदेश्यले ‘जगतपुर लज बाई अन्नपूर्ण होटल’ स्थापना भएको छ । चितवनको जगतपुर नगरपालिका वडा न. १० मा अवस्थीत उक्त लज चितवन राष्ट्रिय निकुञ्जको किनारामै अवस्थीत छ ।
काठमाण्डौको अन्नपूर्ण होटलको व्यावस्थापनमा स्थापना हुँदै गरेको उक्त लजको बुधबार मार्च १ तारिकका दिन औपचारिक उद्घाटन हुन लागेको हो ।
बिशेषतः मध्यम उच्च बर्गिय स्वदेशी तथा बिदेशी ग्राहकहरुलाई लक्षित गरी स्थापना गरिएको उक्त लजमा स्थानिय थारु संस्कृति र खानाका स्वादलाई समेत बिशेष ध्यान दिईएको छ ।
समुदायिक जंगलको किनारामा अवस्थीत लज, सँगैको छङछङ बग्ने खोलाको किनारमा आरामको लागि ‘साउथ एफ्रिकन प्रबिधीको टेन्ट, सुबिधा सम्पन्न एसीडिलक्स कोठाहरु, उच्च प्रबिधीको हाईस्पीड ईन्टरनेट सबै सेवासुबिधाले युक्त छ, जगतपुर लज ।
नेपालमै पहिलोपटक अफ्रिकन प्राबिधीकहरुबाट निर्माण गरिएको टेन्ट अर्को बिशेषता हो  । जंगलको छेउ, संगैको खोला, टेन्टको निन्द्रा साँच्चिकै आनन्ददायक अनुभुति हुनेछ । 
जंगल सफारी लजले प्रदान गर्ने अर्को बिशेष सुबिधा हो । जसमा जंगल जिप सफारी, जंगल वाल्क, बर्ड वाच, गोरुगाडामा बसेर स्थानिय दृश्य अवलोकनको अनुभुति पनि यसमा जोडिएका छन ।
स्पेशल सुबिधाका रुपमा लजमा पुग्ने प्रत्येकलाई डिनरपछाडी ‘साम्पेनसहितको ककटेल पार्टी लजले बिशेष सेवाको रुपमा प्रश्तुत गरेको छ । साँझपख सुर्यास्तको अवलोकन गर्दै जंगल बास्केट तथा राप्तीमा  बोटिङ गरेर फर्किसकेपछि जंगलको बिचमा रात्रीकालीन डिनर साँच्चिकै सम्झनालायक क्षणहरुलाई प्याकेजका रुपमा अगाडि सारिएको छ ।
उच्च म्यानेजमेन्ट र स्तरीय सेवाका कारण आफ्ना ग्राहकहरु पनि मध्यम उच्चबर्गिय व्यक्तिहरु नै हुने लजले जनाएको छ । पैसा भएर पनि निरस जिन्दगी बिताईरहेका हरुका लागि जगतपुर लजको बिकल्प नभएको लजका कार्यकारी सल्लाहकार राजुबिक्रम शाह बताउनुहुन्छ ।
काठमाण्डौबाट भरतपुर बिमानस्थलमा ओर्लेर ४० मिनेटको दुरीमा पुग्न सकिन्छ, भने सडकमार्गबाट बिश्रामसहितको यात्रामा ६ घण्टाको दुरीमा पुग्न सकिन्छ । 

तपाईंको बिचार