Friday, November 24, 2017

व्यस्त जिबनबाट आजित हुनुहुन्छ, त्यसो भए ‘रेडहाउस जंगल रिर्सोट’ जानुस

प्रकाशित मिति: 2017/02/28

फागुन १७, काठमाण्डौ । व्यस्त जिबनबाट आजित हुनुहन्छ, त्यसो भए ‘रेडहाउस जंगल रिर्सोट’ जानुस । नवलपरासीको गैडाकोट वडा न. १७ अमरापुरीमा अवस्थीत छ, रेडहाउस ।

नारायणी किनारको बिशाल मैदानमा अवस्थीत यस रिर्सोट चितवन राष्ट्रिय निकुञ्ज सँगै जोडिएर रहेको छ । आफ्नै निजी जंगलभित्र अवस्थीत उक्त रिर्सोटमा कटेज प्रबिधीका अत्याधुनिक सेवा सुबिधा सम्पन्न एसी तथा डिलक्स रुमको सुबिधा रहेको छ । सुर्योदय र सुर्यास्तको अनुपम दृश्य संगाल्दै जंगलको शान्त मधुर प्रकासमा रातको बिश्रान्ती निकै आनन्ददायक पल हुन्छ । 

बिहानै उठेर रिर्सोट भित्रकै पोखरीमा बोटिङ, फिसिङ या त नारायणी नदीमा र्याफ्टिङ गरिसकेपछि चितवन राष्ट्रिय निकुञ्जमा हात्तीमाथि चढेर जंगल सफारी गर्नुको आनन्द बेग्लै छ ।
स्थानिय थारु संस्कृति र यससँग सम्बन्धीत बिभिन्न कल्चरल प्रोगामको अनुभव रिर्सोटको अर्को बिशेषता हो ।
काठमाण्डौबाट हवाई यातायातमार्फत भरतपुरमा ओर्लेर ३० मिनेटमा पुग्न सकिन्छ भने सडक यातायातबाट ८ घण्टाको दुरीमा पुग्न सकिन्छ ।

तपाईंको बिचार