Friday, June 23, 2017  |    

धादिङ स्थित गंगाजमुना गाउँपालिकामा पर्यटन उत्थानको लागि भोली अन्र्तक्रिया हुँदै

प्रकाशित मिति: 2017/03/02

फागुन १९, धादिङ । धादिङ जिल्लास्थित गंगाजमुना गाउँपालिका क्षेत्र भित्र पर्ने पर्यटन व्यवसायीलाई गोलबद्ध गर्न र सो क्षेत्रमा रहेका सम्भावित पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ भोली ठमेलस्थित होटल होली हिमालयमा अन्र्तक्रियात्मक कार्यक्रम हुने भएको हो ।

नयाँ गाउँपालिकाको निर्माणसँगै सो क्षेत्रको विकासका लागि काठमाडौंमा आइ पर्यटन व्यवसाय गर्ने पर्यटन व्यवसायी ऋषि प्रसाद नेपाल, दल बहादुर अधिकारी र सुजन नेपालको पहलमा सो अन्तक्र्रियात्मक कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रम भोली फागुन २० गते शुक्रबार ३ बजेबाट सुरु हुने बताइएको छ । अन्तक्र्रियात्मक कार्यक्रममा समग्र गाउँपालिकाको विकासका विषयमा छलफल हुने हुनाले सो गाउँपालिका स्थायी घर भइ काठमाडौं बस्ने सबै नागरिकहरुलाई आमन्त्रण गरिएको कार्यक्रमका संयोजक ऋषीप्रसाद नेपालले गन्तव्य नेपाल न्यूजलाई बताउनु भयो । उहाँले समग्र गंगाजमुना गाउँपालिकाको विकास प्रवद्र्धन र उत्थानको लागि यो कार्यक्रम महत्वपूर्ण हुने भएकोले सो क्षेत्रमा रहनु भएका साथीहरुलाई अनिवार्य उपस्थितको लागि समेत आग्रह गर्नु भएको छ । यसका साथै छिट्टै नै त्यस क्षेत्रको अध्ययन अनुसन्धान पश्चात डाइरेक्ट्री प्रकाशन हुने पनि बताउनु भयो ।

तपाईंको बिचार