Sunday, June 25, 2017  |    

पर्यटन सेवा संघको अध्यक्षमा रामशरण थपलिया सर्वसम्मत चयन

प्रकाशित मिति: 2017/03/03

काठमाडौं, २० फागुन । पर्यटन सेवा संघको अध्यक्षमा रामशरण थपलिया चयन भएका छन् । संघको ३२ औ र ३३ औ वार्षिक साधारण सभाले थपलियाको नेतृत्वमा सर्वसम्मत १३ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो । 

नयाँ कार्यसमितिको उपाध्यक्षमा रामकुमार पुरी, महासचिवमा कमल प्रसाद रिमाल, सचिवमा रितु ग्याम्दाङ, कोषाध्यक्षमा भरत सापकोटा चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यमा संघका ६ जना पूर्वअध्यक्षहरु  दलबहादुर अधिकारी, विनोद खरेल, रोशनराज लामिछाने, ऋषि पुन, मेघराज तिवारी, गणेश रिमाल रहनु भएको  छ । थप दुई कार्यसमिति सदस्य भने अव बस्ने कार्यसमितिको बैठकले चयन गर्ने छ । 

संघीय संरचनाका आधारमा संघमा उपाध्यक्षहरु चयन गरि संघको कार्यसमिति २१ सदस्यिय बनाइने जनाइएको छ । संघको अध्यक्षमा चयन भएसँगै अध्यक्ष थपलियाले अघिल्लो कार्य समितिले गरेको राम्रा कामहरुलाई निरन्तरता दिदै नयाँ पर्यटकीय गन्तव्यहरुको खोजी र पर्यटन प्रवद्र्धनमा आफ्नो कार्यसमितिले काम थाल्ने बताउनुभयो । 

पर्यटन सेवा संघले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सूचना केन्द्र स्थापना गरेर पर्यटकहरुलाई सहयोग गर्दै आएको छ ,अव यसलाई अन्त्र विमानस्थलहरुमा पनि विस्तार गरि अझ प्रभावकारी सेवा दिने छौ गन्तव्य नेपालसँगको कुराकानीमा उहाँले भन्नुभयो । 

छिटै नै राजधानी र राजधानीबाहिर समेत विशेष कार्यक्रमको आयोजना गरि  संघले पर्यटन जागणर अभियान थाल्ने पनि उहाँले बताउनुभयो । 

तपाईंको बिचार