Thursday, March 30, 2017  |    

ठमेलमा ठगको विगविगी

प्रकाशित मिति: 2017/03/08

फागुन २५, काठमाडौं । म धादिङ्गवाट कार्यक्रम सकेर भर्खर आउँदैछु । म नेपाल टेलिभिजनको पत्रकार हुँ । मेरा पिताजी वेलायतका आइ.डि होल्डर हुन् । म पनि वेलायतकै आइ.डि होल्डर हुँ  । मेरो यो व्याग केहि समयको लागि राखिदिनुहोस् व्यागमा केहि डलर र पिताजीको पेन्सनपट्टा छ वेलायतको लागि दुइ टिकट बुक गरि दिनुहोस् भनेपछि नेपाल टेलिभिजनका केहि पत्रकारहरुले आफुकहाँ वेलायतको टिकट बुक गर्ने गरेकाले केहि कुरा नसोधि दुइवटा टिकट बुक गरेर व्याग राखे ठमेल स्थित रोसी टुर्स एण्ड ट्राभल्सका सञ्चालकले ।

त्यसको लगत्तै गाडि मस्र्याङ्दि होटलमा पार्क गरेको डाइवरको बच्चा विरामि भएर अस्पताल जानुपर्ने भयो  । मसंग डलर मात्र छ नेपाली पाँचहजार जति दिनुहोस न भने पछि व्याग आफैकहाँ राखेको हुँदा कुनै शंका नगरी रकम दिए ।

विस मिनट पछि आउँछु भनेको व्यक्ति  नआएपछि  भोलि पल्ट सोह्रखुट्टेको प्रहरीलाई खवर गरे । प्रहरी आएर व्यागखोल्दा झुत्रो कागज बाहेक केहि नदेखिएपछि उनले वल्ल आफु ठगिएको थाहा पाए । 

ठगले पसल वन्द गर्ने समयमा व्यापारिहरुलाइ हतार हुने मौका छोपेर ठगले आफ्नोकाम सजिलैसंग गर्ने गर्दछन् ।  यो घटना पनि रातको साढेआठ वजे भएको हो । ठगले आफ्नो नाम स्वयम्भु वस्ने सागर गुरुङ वताएको थियो ।

तपाईंको बिचार