Wednesday, April 26, 2017  |    

नीट नेपालको बनभोज कार्यक्रम भव्यताका साथ सम्पन्न

प्रकाशित मिति: 2017/03/13

फागुन ३०, काठमाडौं  । कांग्रेस निकट नेपाल पर्यटन ब्यबसायी संघ (निट)ले होली पर्वको अबसरमा फागुन २८ गते बालाजु स्थीत बाईसधारामा आयोजना गरेको बनभोज कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । 

पर्यटन क्षेत्रमा आवद्ध व्यावसायीहरुबिच एकताको साथै पर्यटन क्षेत्रका गतिबिधीबारे शिर्ष नेतृत्वलाई जानकारी गराउने उदेश्यले बनभोज आयोजना गरिएको नेपाल पर्यटन व्यावसायी संघ(नीट)का अध्यक्ष दिपक महतले बताउनुभयो । 
बनभोजमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबा, बरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, पार्टीका केन्द्रिय सदस्य लगायत पर्यटन व्यावसायी, संघसंस्थाका प्रतिनीधी र पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
 

तपाईंको बिचार