Thursday, May 25, 2017  |    

निट पोखरा अध्यक्षमा थापा निर्वाचित, छेटुप भन्छन,– व्यावसायीक सोच पुरानो भो !

प्रकाशित मिति: 2017/04/02

चैत २०, काठमाण्डौ । नेपाली कांगे्रस निकट पर्यटन व्यवसायीहरुको छाता संगठन नेपाल पर्यटन व्यवसयी संघ (निट) पोखरा शाखाको अध्यक्षमा पर्यटन व्यवसायी सोमबहादुर थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसका पुर्वमहामन्त्रीसमेत रहेका पुर्व सभामुख तारानाथ रानाभाटको प्रमुख आतिथ्यता तथा निटका केन्द्रीय अध्यक्ष दीपक महतको विशेष आतिथ्यतामा शनिबार सम्पन्न भएको प्रथम अधिवेशनबाट थापाको अध्यक्षतामा १८ सदस्यीय पोखरा शाखा गठन गरिएको हो ।

कार्यसमिति बरिष्ठ उपाध्यक्षमा पोखराका शिव अधिकारी, उपाध्यक्षहरुमा क्रमश पशुपति शर्मा, नारायण सापकोटा, जीवनाथ गौतम निर्वाचित हुनुभएको छ भने महासचिवमा संगीता पौडेल, उप–महासचिवमा भिम प्रसाद आचार्य, सचिवमा भिम पौडेल, कोषाध्यक्षमा कमला गिरी र सह कोषाध्यक्षमा मन्दरा ढकाल निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा क्रमश दयानन्द पोखरेल, निमबहादुर मगर, शंकर अर्याल, नारायण सुवेदी, गणेश थापा, राजेन्द्र अधिकारी, गोविन्द शर्मा र इमनाथ जैसी निर्वाचित हुनुभएको छ ।
प्रजातन्त्रमा विश्वास राख्ने पोखराका कांगे्रस पर्यटन व्यावसायीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा कास्की जिल्लाका कांग्रेस पार्टी सभापति तथा जिल्लाका अन्य नेताहरुकोसमेत उल्लेख्य सहभागिता रहेको थियो ।

अधिवेशनको लागि निट केन्द्रीय समितिबाट केन्द्रीय अध्यक्ष महतसहित केन्द्रीय उपाध्यक्षहरु केशब पाण्डे, छेटुप तमाङ र केन्द्रीय सहकोषाध्यक्ष निलहरी बस्तोलाको उपस्थिति रहेको थियो ।
निट उपाध्यक्ष तथा पर्यटन क्षेत्रका डायनामिक व्याक्तित्व छेटुप तामाङले बिशेषतः नेपालमा आउने पर्यटकहरु युरोपका लोकतान्त्रिक मुलुकबाट बढि आउने र उनीहरुसँग समेत पर्यटन व्यावसायीहरुले व्यावसायिक व्यावहार र घुलमिल हुने हुँदा पर्यटन व्यावसायीको दायरा श्रमिकको रुपमा मात्र हेर्न नहुने बताउनुभयो । बदलिदो परिस्थीतिमा व्यावसायीक सोच पनि बदलिएको भन्दै तामाङले राज्य र व्यावसायी दुबै क्षेत्रबाट पर्यटनको स्तरबृद्धिमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

तपाईंको बिचार