Tuesday, May 23, 2017  |    

सगरमाथा आरोहणको आकर्षणः दैनिक तीन टोलीले लिन्छन परमिट

प्रकाशित मिति: 2017/04/09

काठमाडौं, २७ चैत । सरकारले चालू सिजनका लागि सर्वोच्च शिखर सगरमाथा आरोहण खुला गरेसँगै दैनिक औषत ३ टोलीले परमिट लिएका देखिएको छ । विभागका प्रवक्ता दुर्गादत्त ढकालका अनुसार सगरमाथा आरोहणका लागि स्वीकृति लिनेमा २९ विदेशी टोली र एक नेपाली टोली छ ।

‘स्वीकृति लिएकामध्ये अधिकांश टोलीले आरोहण सुरु गरिसकेका छन्,’ विभागका प्रवक्ता ढकालले भने । विभागले यही चैत १३ गतेदेखि बसन्त ऋतुका लागि सगरमाथा आरोहण खुुला गरेको थियो ।

विभागले यो सिजनभरी अर्थात आगामी मे महिनासम्म सगरमाथा आरोहणका लागि स्वीकृति दिने गरेको छ । विभागका अनुसार गत साल बसन्त ऋतुमा १ सय ८ टोलीले सगरमाथा आरोहणको अनुमति लिएका थिए ।

तपाईंको बिचार