Wednesday, June 28, 2017  |    

नाराद्धारा बृहत भोटेकोसी नदी सरसफाई अभियान भब्यताका साथ सम्पन्न

प्रकाशित मिति: 2017/04/13

काठमाडौं । नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज(नारा)ले ‘नदी रहेमात्र हामी रहन्छौ भन्ने मुल मन्त्रका साथ भोटेकोसी नदी सरसफाई अभियान भब्यताका साथ सम्पन्न गरेको छ ।

गत अप्रिल ३ र ४ तारिकका दिन भोटेकोसीको खाडीचौर देखी सुकुटीसम्मको नदी क्षेत्रको सरसफाई गर्दै नाराले बृहत अन्तक्रिया समेत गरेको थियो । नारा, राफ्टिङ क्षेत्रका व्यावसायी, पर्यटन व्यावसायी, स्थानिय क्लब र समुदायसमेतको सहभागितामा नदी स्वस्छ राख्न भन्दै सफाई अभियान सञ्चालन गरिएको हो ।

नदी र नदीजन्य क्षेत्रको सरसफाईमा बिशेष ध्यान पुर्याउँदै आएको नाराले पहिलोपटक ४ बर्षअघि त्रिशुली नदीबाट नदी बचाउ अभियान सुरु गरेको थियो । त्यसैको निरन्तरता स्वरुप नाराले बिशेषत: साहसिक जल पर्यटनका संभाव्य नदीहरुको अतिक्रमण रोक्न तथा स्वच्छता कायम राख्न अपिल गर्दै आएको छ ।

नदी रहेमा मात्र मानिसको अस्तित्व रहने भन्दै जसरी थोपा थोपा रगत मिलेर प्राणी जिबित रहन्छ, त्यसैअनुरुप नेपालका नदीहरुलाई अतिक्रमण तथा स्वच्छता राख्न सके मात्र मानब अस्तित्व रहने नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा)का अध्यक्ष चन्द्र दाहालले बताउनुभयो । उहाँले बिश्वका १० चर्चित राफ्टिङ नदीहरुमा भोटेकोसी पाँचौ नम्बरमा परेको भन्दै सरकारले नदी संरक्षित क्षेत्र घोषणा गरी साहसिक पर्यटनलाई जोड दिन आग्रह गर्नुभयो ।

तपाईंको बिचार