Tuesday, May 23, 2017  |    

गन्तव्य नेपालका अध्यक्ष शिब अधिकारी सम्मानित

प्रकाशित मिति: 2017/04/15

काठमाडौं, २ बैशाख । गन्तव्य नेपाल मिडिया ग्रुपका अध्यक्ष शिव अधिकारी सम्मानित हुनु भएको छ । पर्यटन पत्रकारिताका साथसाथै उहाँले गर्नुभएको सामाजिक कार्यको उच्च मूल्यांक गर्दै शिखर पोष्ट मिडियाले उक्त सम्मान प्रदान गरेको हो । 

संघको तेस्रो वार्षिक साधारण सभाको अवसरमा उपराष्ट्रपति कार्यालयमा भएको कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले उहाँलाई सो सम्मान  प्रदान गर्नुभएको हो । ग्रुपको गन्तव्य नेपाल पर्यटन साप्ताहिक र गन्तव्य नेपालन्यूज डट.कम संचालनमा रहेका छन् । अधिकारी राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)का अध्यक्ष समेत हुनुहन्छ ।

कार्यक्रममा मुलुकको आर्थिक सम्बृद्धिका लागि पर्यटन र हाइड्रो विषयक विशेष बहस समेत आयोजना गरिएको थियो । 

 

तपाईंको बिचार