Tuesday, April 25, 2017  |    

टिम्स वापतको रकम नपाए आन्दोलनमा जान टानको चेतावनी

प्रकाशित मिति: 2017/04/18

काठमाडौं । पदयात्रा सुचना व्यवस्थापन (टिम्स) बिक्रीको रकम नदिएको भन्दै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले नेपाल पर्यटन बोड विरुद्ध आन्दोलनको चेतावनी दिएको छ । नेपाल पर्यटन बोर्डकै हलमा एक कार्यक्रमको आयोजना गरि टानले यस्तो चेतावनी दिएको हो । 

टिम्स रकममा अनियमितताको आरोप लागेपछि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले महालेखा परीक्षकबाट लेखा परीक्षण नगराएको भन्दै १८ चैत २०७१ मा टिम्स कार्डबापतको रकम टानलाई उपलब्ध नगराउन निर्देशन दिएको थियो । त्यस यता बोर्डले टानलाई रकम उपलब्ध गराएको छैन । 

रकम नपाउदा गन्तव्यको पहिचान, विकास तथा प्रवद्र्धन र टिम्स प्रशासनको पुरै काम ठप्प बनेको टानका महासचिव कर्ण लामाले बताए । ‘पूर्व कार्यसमितिले गरेको सबै खर्चलाई भ्रष्टाचार भनेर रकम रोक्न मिल्दैन, उनले भने, यदि बोर्डले तत्काल रकम उपलब्ध नगराए हामी कडा आन्दोलनमा जान तयार हुने छौ । विगतमा विगतमा बोर्ड विरुद्ध ५७ दिन आन्दोलन ग¥यौ अव पनि यस्तै प्रवृति देखाइ रहने एक सय दिन सम्म पनि आन्दोलन गर्न हामी तयार छौ ।’ टिम्स कार्डको छपाई देखि वितरण सम्ममा अरु उल्टै बोर्डले घोटला गरेको आरोप समेत लगाए । 

२०६६ मा भएको बोर्ड–टान बीचको पहिलो सम्झौता अनुसार टिम्स कार्ड बिक्रीबाट उठेको रकम मध्य ३० प्रतिशत बोर्ड, ३० प्रतिशत टानको भागमा पर्छ भने १० प्रतिशत मजदूर कोषमा जम्मा गर्नुपर्छ र बाँकी ३० प्रतिशत दुबै संस्थाले संयूक्त रुपमा पर्यटन विकासमा खर्च गर्न पाउछन् ।

टानका पूर्वअध्यक्ष सुमन पाण्डेले छिटै यो समस्याको हल गर्नुपर्ने सुझाव दिए । त्यस्तै कार्यक्रममा सहभागि अन्य पर्यटन व्यवसायी एवं मजदूर संगठनका नेताहरुले भने टिम्सको भावना अनुसार काम नभएको भन्दै मागि खाने भाडो बनाउनु नहुने बताए ।  

२०६६÷६७ देखि २०६८÷६९ सम्मको तीन आर्थिक वर्षमा टानले रु.२ करोड ५० लाख अनियमितता गरेको ठहर गरेको छ । सो अवधिमा टिम्स कार्डबाट टानले गरेको करीब रु.७ करोड १५ लाख ९६ हजार ८०५ आम्दानीमध्ये रु.३ करोड २८ लाख ७८ हजार १३८ खर्च गरेको तथ्यांक छ । आव २०६९÷७०, २०७०÷७१ मा टानले विना प्रमाण र तोकिएको उद्देश्य विपरीत कम्तीमा रु.४ करोड खर्च गरेको आन्तरिक लेखा परीक्षण प्रतिवेदनले देखाएको छ । टानले २०७० चैतसम्म करीब रु.१० करोड ११ लाख ३३ हजार ९३१ उठाएको आन्तरिक लेखा परीक्षण प्रतिवेदनले देखाउँछ 

तपाईंको बिचार