Saturday, November 18, 2017

जिबन यात्रा हो, साईकल चढेरै पुरा गर्छु :ज्ञान महर्जन, बिश्वसाईकल यात्री

प्रकाशित मिति: 2017/04/24

बैशाख ११, काठमाण्डौ । चिनको ग्रेटवालबाट साईकलमा चिनियाँ शहर दौडिदै गर्दा सायदै उनले सोचेका थिए, बिश्वसाईकल यात्रीको सपना यत्ति सजिलै पुरा हुनेछ । सन २०१३ को अक्टोबरबाट साईकलबाटै बिश्व भ्रमणका लागि देश दौडाहामा लागेका उनले यसबिचमा छिमेकी भारत, चिन, बंगलादेश, जापान लगायत ८ वटा देशको साईकलबाटै भ्रमण पुरा गरे ।

ज्ञान, महर्जन, बर्ष ३८ । ललितपुर पाटनको एक सामान्य परिवारमा उनको जन्म भएको थियो । सानैदेखि साहसिक व्यक्तित्वको खोजीमा उनको ध्यान केन्द्रित थियो । त्यसैको प्रभाव होला, अहिले उनी आफै साहसको एक नमुना बनेका छन, बिश्व साईकल यात्रीका रुपमा । 
हुनतः आजको भौतिक समाजमा प्रत्येक पाईलामा आर्थिक पाटो प्रमुख रुपमा जोडिएर आउने गर्दछ, यद्यपी ईच्छाशक्ति नै प्रमुख कुरा रहेछ । परिवारको आर्थिक अवस्था मजबुत नभएपनि भ्रमणका क्रममा भेटिने नेपाली र केही समयको अन्तरालमा जम्मा भएको थोरबहुत रकम संगाल्दै उनको बिश्वयात्रा आजसम्म पनि निरन्तर छ ।
प्राथमिक शिक्षा ललितपुर पाटनको प्रभाग माध्यामिक बिद्यालयबाट सुरु गरेका उनले सोही बिद्यालयबाट २०४९ सालमा एसएलसी उत्तिर्ण गरे । बिद्यालयमा हुँदा कहिल्यै दोस्रो हुनै परेन, पढाईमा पनि अब्बल थिए उनी । सानैदेखि संसार जित्ने सपना देख्थे उनी । अन्ततः उनको सपनाले ४ बर्षअघिबाट औपचारिक सुरु भएर हाल ८ राष्ट्रको फन्को मारिसकेको छ ।
२०१३ अक्टोबरको एक बिहान प्रशिद्ध बिश्व साईकल यात्री पुष्कर शाह समेतको उपस्थीतिमा पाटन मन्दिर क्षेत्रबाट परिवार र स्थानियले सामुहिक सांस्कृतिक अभिनन्दन गरि उनलाई बिश्व भ्रमणको शुभकामना दिदै बिदा गरेका थिए । त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलसम्म केही शुभेच्छुक सहित साईकलमै पुगेर बिदाईको हात हल्लाउँदै उनी बिमानमार्फट बेईजिङ हानिए । 
बेईजिङ पुगेको केही दिनपछि नै ग्रेटवालबाट उनले औपचारिक रुपमा बिश्व साईकल यात्राको थालनी गरे ।
यात्राका क्रममा खानपिन, भाषा र सामाजिक सांस्कृतिक प्रभावले भने यात्रामा अझै रोमाञ्चकता थपिएको उनको बुझाई छ । यसअघि प्रशिद्ध बिश्वसाईकल यात्रीकै यात्रा संस्मरणमा पनि खानपिन र बसाईका भिन्नताका बिभिन्न अपत्यारिला रुप देखिएकै हुन, त्यस्तै फरक ढंगका चालचलन र संस्कारहरुले भने कहिले निरस त कहिले रोमाञ्चकता थप्दै अबिरल यात्रामा अगाडि बढेको उनले बताए ।
देश चिनाउने अभियानमा बिश्व दौडाहामा निस्कदै गर्दा सरकार र पर्यटन बिभागबाट हालसम्म कुनै पनि सहयोग नपाएकोमा उनको दुखेसो रहेछ, भन्छन– कुनै पनि यात्रा निरर्थक हुँदैनन, झन त्यसमाथि नेपालको झण्डा फहराउँदै बिश्वमाझ नेपाली संस्कृतिको प्रवद्र्धनमा जुट्ने आफुहरु जस्ता व्यक्तिहरुलाई सरकारले देखाउने मौनता टिठलाग्दो भएको उनको अनुभव छ ।
हाल अमेरिका र युरोपका देशहरुका लागि भिसाको प्रक्रियामा व्यस्त रहेको बताउने महर्जन छिट्टै साईकल यात्राको नयाँ श्रृंखलामा जोडिने बताउँछन । भन्छन, जिबन यात्रा हो, बाँचुञ्जेल सम्म जारी रहन्छ ।
३८ बर्षे जिबन संघर्षमा पाईला चाल्दै गर्दा हालसम्म उनी अबिवाहित नै छन । आफुसँगैका साथीहरु पारिवारिक जिबनमा रमाईरहेका बेला उनलाई भने यसमा सोच्न फुर्सद छैन, भन्छन, बिवाह त गर्नै पर्छ, तर कहिले को सँग त्यो अहिले नै भन्न सक्दीन ।
आफु जस्तै जिबनलाई यात्राको रुपमा बुझ्ने जिबनसाथीको खोजीमा छु, उनले भने ।
साईकलबाट जिबनयात्रा टुंग्याउने उनको सपना जारी रहोस, शुभकामना ।

तपाईंको बिचार