Saturday, November 18, 2017

कैलाश मानसरोबरमा भारतीय पर्यटक बढे

प्रकाशित मिति: 2017/05/08

काठमाडौं । कैलाश मानसरोबरको दर्शन गर्न जाने भारतीय पर्यटकको संख्या उल्लेख्य वृद्धि भएको छ । हवाई मार्ग हुँदै हुम्लाको सिमिकोट र चीनको ताक्लाकोट हुँदै भारतीय पर्यटकहरु कैलाश मानसरोबरको दर्शका लागि जाने क्रम पछिल्ला वर्षहरुमा बढ्दै गएको छ। दैनिक २ सय भन्दा बढी भारतीय पर्यटकहरु कैलाश मान सरोवरको दर्शन गर्न जाने गरेका छन्। 

 कैलाश मान सरोवरको दर्शन गर्न जाने सिजन सुरु भएसँगै नेपालगन्ज विमानस्थल समेत व्यस्त हुन थालेको छ। गत वर्ष करिब १२ हजार पर्यटकहरुले नेपालगन्ज हुँदै कैलाश मानसरोवरको दर्शका लागि गएका थिए।काठमाडौंबाट नेपालगन्जका लागि संचालन हुँदै आएका अधिकाँश विमानहरु कैलाश मानसरोवरको दर्शका लगि जाने भारतीय पर्यटकहरुले भरिने गरेको छ । भारतको कर्नाटका, केरल, आन्द्रप्रदेश, गुजरात, मध्य प्रदेश, महाराष्ट्रका सयौ  पर्यटकहरु  कैलाश मानसरोबरको दर्शनका लागि सडक तथा हवाई मार्ग हुदै जान थालेका छन।
कैलाश मानसरोबरको दर्शनका लागि भारतीय पर्यटकहरु  भदौसम्म आउने पर्यटन ब्यबसायीहरुले बताएका छन्। हिन्दु , बौद्ध, जैन  लगायत विभिन्न समुदायका धर्मालम्बीहरुको आस्थाको धरोहरको रुपमा रहेको कैलाश मानसरोबरको दर्शन गर्नाले  जीन्दगीमा जानेर वा नजानेर गरेका सबै पापहरु मेटिने र शरीरमा भएका सबै रोगहरुबाट मुक्ती पाइने धार्मिक बिश्वास छ।

तपाईंको बिचार