Tuesday, September 19, 2017

सगरमाथा आधार शिविरमा ४ आरोहीको मृत्यु

प्रकाशित मिति: 2017/05/25

काठमाडौं । सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका ४ जना आरोहीको मृत्यु भएको छ । २ नेपाली र २ विदेशी आरोही चौंथो आधार शिविरमा मृत अवस्थामा भेटिएका हुन् ।

उनीहरुको सनाखत हुन सकेको छैन । सेभेन समिट ट्रेक दावा शेर्पाका अनुसार यसमा एक जना स्लोभाकीयन आरोही हराएपछि सो टोली उनको खोजीमा सगरमाथा गएको थियो । उनीहरुको मृत्यु क्याम्पमा अक्सिजनको कमीको कारण भएको हुनसक्ने अनुमान गरिएको छ । यो वर्ष मात्र सगरमाथामा ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

 

तपाईंको बिचार