Friday, July 21, 2017  |    

नाराको २९औं राफ्टिङ् कार्यक्रम सम्पन्न

प्रकाशित मिति: 2017/05/28

काठमाडौं । नेपाल  एसोसियसन अफ राफ्टिङ् एजेन्टस (नारा)ले हिजो शनिवारको दिन त्रिशुली नदीको बेल्खुबाट मलेखुसम्म  २६ किलोमिटरको दुरीमा २९ औ राफ्टिङ् कार्यक्रम आयोजना गरेको थियो सो कार्यक्रम संस्कृति पर्यटन तथा नागरिक उड्डयन  मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सचिव अधिकारीले फोहोरहरु खोलामा यत्रतत्र फालिएको विषयलाई सरकारले गम्भिर रुपमा लिएको बताउनु भयो । नदी हाम्रो सभ्यता हो यसलाई वचाउन स्थानियहरुको समेत साथ सहयोग आवश्यक पर्ने भएकोले त्रिशुली नदी वचाउन साझेदारीमा काम गर्न मन्त्रालय तयार रहेको बताउनु भयो ।

पर्यटन विभागका अधिकृत रिशिराम भट्टराईले राफ्टिङ् कम्पनीहरुले स्थानियको साझेदारीमा नदी सफाईको नेतृत्व लिन सकेमा त्रिशुलीले पुर्नजन्म पाउने  बताउनु भयो । क्रसर, वालुवा खानी संचालन तथा नदी आसपासमा रसायनिक ढल मिसाउँदा त्रिशुलीको अस्तित्व संकटमा परेको त्रिशुली वचाउ अभियानका अध्यक्ष उत्तम कडेलले बताउनु भयो । नेपालका सवै नदीनालाई बचाउन आफुहरुले निरन्तर आवाज उठाइरहे पनि सरकारी वेवास्ता, नितिगत अप्ठयारा र स्थानियको असहयोगको कारण त्रिशुली नदी सवैभन्दा प्रदुषित बनेको नाराका अध्यक्ष चन्द्र दाहालले बताउनु भयो । 

तपाईंको बिचार