Saturday, November 18, 2017

पर्यटन व्यवसायी बिके श्रेष्ठको निधन

प्रकाशित मिति: 2017/05/30

जेठ १६, काठमाडौं । पर्यटन क्षेत्रका एक उत्कृष्ठ व्यक्ति बिके श्रेष्ठको निधन भएको छ। होटल र्याडिसनका प्रबन्ध निर्देशक रहेका श्रेष्ठको भैंसेपाटीस्थित निवासमा मंगलबार विहान ८ बजे निधन भएको हो।

 पोखराको ग्राण्ड र चितवन प्याराडाइज होटलसमेत चलाइरहेका श्रेष्ठ होटल एसोसिएसन नेपाल (हान) का समेत पूर्वअध्यक्ष थिए। उनी फोक्सोको क्यान्सरबाट पीडित थिए। सोल्टी र अन्नपूर्णजस्ता फाइव स्टार होटलहरु सञ्चालनमा रहेका बेला उनले र्याडिसन होटल सञ्चालनमा ल्याएक थिए। र्याडिसनको सर्वसाधारणमा समेत सेयर छ। 

नेपाल उद्योग वाणिज्य महासंघमा समेत सक्रिय श्रेष्ठका श्रीमती र तीन छोरी छन्। उनी बीमा क्षेत्रमा समेत सक्रिय थिए। पछिल्लो समय अलाइन्स इस्योरेन्सको सेयर प्रभु समूहलाई बिक्री गरेका थिए, जुन अहिले प्रभु इन्स्योरेन्स बनेको छ। श्रेष्ठले हिमालयन टुर एण्ड ट्राभल्सका स्थापना गरि उनले पर्यटन क्षेत्रमा हात हालेका थिए। केही महिनामै हिमालय टुर्सले ५० बर्ष पार गर्दैछ। श्रेष्ठ नेपाल जर्मन चेम्बर अफ कमर्सका पूर्व अध्यक्षसमेत थिए। 

श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि केही बेर र्याडिसन होटलमा राखिनेछ। दिउँसो साढे १२ बजे पशुपति आर्यघाटमा अनत्येष्टि गरिनेछ ।

तपाईंको बिचार