Friday, July 21, 2017  |    

नाट्टाले व्यवसायीहरुको टोली लिएर चाईना सेल्स मिशनमा सहभागी हुने

प्रकाशित मिति: 2017/06/04

जेठ २१, काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) आगामी जुन ७ देखि १७ सम्म चाईना सेल्स मिशनमा सहभागी हुने भएको छ । 

नाट्टाले नेपाल पर्यटन बोर्ड र नेपाल राजदूतावास बेइजिङ संगको सहकार्यमा चीनका चार प्रमुख व्यवसायिक शहरहरु चेङदु, ग्वाङजाउ, हाङ्गजाउ र बेजिङ्गमा सेल्स मिसन आयोजना गर्न लागेको हो ।

नाट्टाको नेतृत्वमा चीन जान लागेको नेपाली पर्यटन व्यवसायीहरुको प्रबद्र्धन टोलीमा ट्राभल÷टूर व्यवसायी, होटेल एवं ट्रेकिङका गरी जम्मा ३२ जना सहभागी हुने भएका छन् । टोलीले चार वटै शहरमा नेपालको पर्यटन बारे प्रस्तुतिकरण गर्नुका साथै त्यहाँको स्थानीय टूर अपरेटरहरुसंग बिटुबि गर्ने तथा स्थानीय संचार माध्यमहरुलाई नेपालका पर्यटकीय आकर्षण बारे जानकारी गराउने नाट्टाले जनाएको छ ।

तपाईंको बिचार