Tuesday, September 19, 2017

हिमालयन ट्राभल मार्टको रौनकता बढ्यो, सहभागिहरु उत्साहित

प्रकाशित मिति: 2017/06/04

जेठ २१, काठमाडौं । राजधानीमा जारी हिमालयन ट्राभल मार्टमा सहभागिहरु निकै उत्साहित भएका छन् । बिश्वका ५३ देशबाट यस हिमालयन ट्राभल मार्टमा सहभागि हुन आएका छन् । 

क्रेताहरु र बिक्रेताहरु यस मार्टबाट पर्यटन प्रोडक्टबाट लाभ लिनलाई लालयित छन् । अमेरीका, अर्जेन्टिना, अफ्रिका, बेलायत, यूरोप, अष्ट्रेलिया, न्युजिल्याण्ड, फिलिपिन्स, मलेसिया, चीन, भारत, श्रीलंका, बंगालादेश भुटान लगायत ७० वटा क्रेताहरु र क्षेत्रिय  ४५ वटा बिक्रेताहरुले यस बिटुबि सेसमा सहभागि रहेका छन् । नेपालले यस प्रकारको पर्यटनमा मेगा इभेन्ट गरेर पर्यटन उद्योगलाई बिश्वबजारसम्म पु¥याउन सफल हुने आयोजकले जानकारी दिएका छन् । मैलें यस मार्टबाट निकै उपलब्धी हासिल गर्न सफल भए, अफ्रिकाबाट आएका क्रेता जेरिथाले खुशी हुदै भनिन् । 

नेपाल संसारकै उत्कृष्ट पर्यटकीय गन्तब्य हो भन्ने पुष्टि यस मार्टले गरेको छ, क्यानाडाबाट आएका क्रेताले थपे । ब्लगरहरु, क्रेताहरु, बिक्रेताहरु नेपालको कला, संस्कृति, प्राकृतिक सुन्दरताको अबलोकन गर्न पनौती, चितवन, पोखरा, लुम्बिनी भ्रमणमा निस्की सकेका छन् । बिभिन्न देशबाट मार्टमा सहभागिरुको आगमनस“गै हिमालयन ट्राभल मार्टको रौनकता थपिएको छ ।

बिहिबारबाट शुरु भएको हिमालय ट्राभल मार्टमा संसार भरीका १ सय ६ जना ब्लगरहरु र ख्याती प्राप्त बक्ताहरुले आधुनिक डिजिटल बजारमा पर्यटन प्रोडक्टलाई कसरी शसक्त ढंगले फाइदा लिन सकिन्छ भन्ने प्रबचन निकै महत्वपूर्ण थियो । हिमालयन ट्राभल मार्टको उदघाटन राष्ट्रपति बिद्या देबी भण्डारीले शुक्रबार उदघाटन गर्नभएको थियो ।

महाबिनाशकारी भूकम्प र नाकाबन्दीले थिलथिलो पारेको पर्यटन उद्योगलाई यस हिमालयन ट्राभल मार्टले बिश्वबजारमा नेपालको पर्यटनको चर्चा र बहस हुने कार्यकारी आयोजक पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले जानकारी दिए । नेपालमा अन्र्राष्ट्रिय स्तरको पर्यटन इभेन्ट पहिलो पटक हुन गइरहेकोले नेपाली पर्यटन उद्योगको हिमालयन ट्राभल मार्ट कोशे ढुंगा हुने पर्यटन बिज्ञहरुले आशा गरेका छन् । यस मार्टको होस्ट नेपाल सरकार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ भने आयोजक नेपाल पर्यटन बोर्ड र कार्यकारी आयोजक पाटा नेपाल च्याप्टर रहेको छ । पर्यटनस“ग आबद्ध सबै संघ संस्थाहरुले आबद्धता जनाइसकेका छन् । यस मार्टमा ब्लगर र  मिडियाको सम्मेलन र क्रेता र बिक्रेताबीचको सम्मेलनका आर्कषक पक्ष रहेका छन् । हिमालयन ट्राभल मार्टबाट नेपाली पर्यटनको प्रोडक्टलाई बिश्व बजारमा कसरी आधुनिक शैलीमा बेच्न सकिन्छ भन्ने जानकारी मिल्ने पाटाका अध्यक्ष सुमन पाण्डे बताए । नेपाल हिमालयको प्रबेशद्धार हो भन्ने कुरालाई यस मार्टले पुष्टि गर्ने आयोजकले जानकारी दिएका छन् ।

तपाईंको बिचार