Tuesday, September 19, 2017

गुरुङ पर्यटनद्धारा जुन ८ मा अध्ययन भ्रमणको आयोजना

प्रकाशित मिति: 2017/06/05

जेठ २२, काठमाण्डौ । गुरुङ पर्यटन व्यवसायी संघ, गणेश हिमाल पर्यटन बिकास समिति र रसुवा नुवाकोट पर्यटन समाजले संयुक्त रुपमा यही जुन ८ देखि १० तारिकसम्म ३ दिने अध्ययन भ्रमणको आयोजना गर्ने भएको छ ।

काठमाण्डौ एकेडेमिक टुरिजम एण्ड हस्पीटालिटी (काठ) कलेजका पर्यटन स्नात्तकोत्तर तहका १३ जना बिद्यार्थीहरु सहभागि हुने उक्त भ्रमण कार्यक्रममा स्थानिय भाषा संस्कृति र भौगोलिक अवस्थीतिको अध्ययन गरिनेछ । 
अध्ययन भ्रमण अन्र्तगत ट्रेकिङको रुपमा काठमाण्डौको बुढानिलकण्ठबाट सुरु हुने बिद्यार्थीहरुको यात्रा नुवाकोटको निग्रे, सिन्धुपाल्चोकको हैबुङ, चिसापानी, सुन्दरीजल हुदै पुनः काठमाण्डौमा आईपुगेर समापन हुनेछ ।
यसपाली छैटौं पटकको भ्रमणका क्रममा गुरुङ ट्रेकिङ ट्रेलको नामाकरण गर्नुका साथै उक्त टोलीले यात्राका क्रममा भेटिएका भौगोलिक सांस्कृतिक अवस्थीतिहरुको अध्ययन अनुसन्धान गरी पूर्वाधार बिकास, घरबास सम्बन्धी अध्ययन अनुसन्धान समेत गर्नेछ ।
जसमा नुवाकोटकोको सिग्रे गुरुङ बाहुल्य संस्कृति भएको स्थानको रुपमा परिचीत छ भने हैबुङ र चिसापानीको भौगोलिक तथा सास्कृतिक महत्व पनि बिशीष्टीकृत मानिन्छ ।
भ्रमण कार्यक्रममा संलग्न टोलीले ट्रेकिङका क्रममा भेटिएका सामाजिक, सास्कृतिक रहनसहन र भौगोलिक अवस्था तथा त्यस क्षेत्रको बिशिष्टता समेटेर पर्यटन व्यवसायमा संलग्न व्यावसायी तथा नितिनिर्मातालाई यथार्थ प्रतिबेदन प्रदान गर्ने गुरुङ पर्यटन व्यवसायी संघका संस्थापक अध्यक्ष तथा काठ कलेज स्नात्तकोत्तर भ्रमण दलका संयोजक कुलबहादुर गुरुङले बताउनुभयो ।
काठमाण्डौ एकेडेमीक टुरिजम एण्ड हस्पीटालिटी कलेज –काठ)ले बिद्यार्थीहरुलाई यसअघि पनि पर्यटन अध्ययन भ्रमण र प्रतिबेदन तयार पार्दै आएको छ ।

 

तपाईंको बिचार