Saturday, November 18, 2017

हिमालयन ट्राभल मार्ट पर्यटनमा ऐतिहासिक पाईला

प्रकाशित मिति: 2017/06/05

जेठ २२, काठमाण्डौ । काठमाडौंमा आयोजना गरिएको हिमालयन ट्राभल मार्ट २०१७ हिजो सम्पन्न भएको छ । 

हिमालय क्षेत्रको पर्यटन प्रर्बधनका साथै नेपाललाई यस क्षेत्रको प्रबेशद्धारको रुपमा स्थापित गर्ने उदेश्यले उक्त मार्ट आयोजना गरिएको आयोजकले जनाएको छ ।   
जुन १ देखि ४ तारिख सम्म राजधानी सञ्चालन भएको मार्टमा अन्तर्राष्टिय बजारबाट ७२ जना क्रेता तथा नेपाल लगायत हिमालय क्षेत्रका ४५ बिक्रेताहरुको सहभागिता रहेको थियो । 
हिमालयन ट्राभल मार्टको अर्को महत्वपूर्ण कार्यक्रमका रुपमा  जुन १ मा पार्क भिलेजमा भएको ब्लर्गस र मेडिया सम्मेलन निकै महत्वपूर्ण रहनुका साथै ९ जना बिश्वका ख्याती प्राप्त बक्ताहरुको रोचक प्रस्तुती तथा १ सय ७ देशका ब्लगर र पत्रकारहरुको सहभागिताले प्रस्तुत हिमालय टाभल मार्टको सफलतामा उचाइ थपेको थियो । 
राष्ट्रपति बिद्या देबी भण्डारीले एक भब्य समारोहका बीच हिमालयन टाभल मार्टको समुदघाटन गर्नु भएको थियो । प्रमुख अतिथि माननीय स्वास्थ्य मन्त्री गगन थापाको उपस्थिति र सार्गभित मन्तब्यले सबैलाई मुग्ध बनाएको थियो ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीले स्वागत मन्तब्य दिदै यस्तो कार्यक्रम मार्फत नेपाली पर्यटनक्षेत्रको बजार ब्यबस्थापन पुर्न परिभाषित रुपमा अगाडि बढ्ने जानकारी गराउनु भएको थियो ।
पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले हिमालयन ट्राभल मार्टको आयोजना गर्नुको उदेश्य तथा बिस्तृत बिबरण प्रस्तुत गर्नु भएको थियो । 

तपाईंको बिचार