Saturday, November 18, 2017

एनएमए निर्वाचन जुलाई पहिलो साता हुने, नेतृत्वका लागि प्रत्यासीहरु मैदानमा

प्रकाशित मिति: 2017/06/06

जेठ २३, काठमाण्डौ । नेपाल पर्वतारोहण संघ(एनएमए)को निर्वाचन जुलाई पहिलो साता हुने भएको छ ।

पर्यटन बजारमा एनएमए निर्वाचन सरगर्मी बढेसँगै संघका महासचिव ठाकुरराज पाण्डेले गन्तव्य नेपालसँग एक संक्षिप्त कुराकानी गर्दै यही जुन ३० तारिकका दिन निर्वाचन गर्नको लागि आन्तरिक तयारीलाई तिब्रता बनाईरहेको परिस्थीतिमा स्थानिय निर्वाचनको मिति तलमाथिको कारणले गर्दा जुलाईको पहिलोसाता भित्र निर्वाचनको मिति तय गर्न लागिएको बताउनुभयो ।
उहाँले अरु कुनै कारण नभई स्थानिय निर्वाचनकै कारणले गर्दा निर्वाचन एक साताको लागि सार्न आफुहरु बाध्य भएको बताउदै यसमा भ्रममा नपर्न सबैलाई आग्रह समेत गर्नुभएको छ ।
एनएमएको निर्वाचन नजिकिदै गर्दा अहिले पर्यटन बजारमा अध्यक्षका प्रत्यासीहरुमा एनएमएका प्रथम उपाध्यक्ष सन्तबिर लामा, पूर्वअध्यक्ष जिम्बाजाम्बु शेर्पा, बरिष्ठ पर्यटन व्यवसायीद्धय निमा नुरु शेर्पा र भुमि लामाको नाम अग्रपंक्तिको चर्चामा रहेको छ ।
त्यसैगरी महासचिवमा पर्यटन व्यवसायी कुलबहादुर गुरुङ, बोधराज भण्डारी र बिमल नहर्कीको नाम चर्चामा छ ।
एनएमए निर्वाचनले बजार तात्न थालिसकेपछि अध्यक्षका प्रत्यासीहरुले आन्तरीक भेटघाटलाई तिब्रता दिएका छन ।
उनीहरुले आफ्नो पक्षमा व्यवसायीहरुको समर्थन लिनको लागि बहुपक्षिय छलफललाई अगाडि बढाएका छन ।
यता अधिकांश पर्यटन व्यवसायीहरुले भने राजनीतिक तिकडमका बिच आगामी एनएमए नेतृत्व आउन नहुने भन्दै सर्बपक्षिय सहमतिय नेतृत्वले मात्र समग्र पर्यटनको उथ्थान हुनसक्ने बताउँदै आएका छन ।

 

तपाईंको बिचार