Friday, July 21, 2017  |    

यो वा त्यो होइन वर्षभरीको उदारणीय तथा सन्देश दिन सफल व्यक्ति छनौट गर्नुस : गन्तव्य नेपाल

प्रकाशित मिति: 2017/06/09

जेठ २६, काठमाडौं । गन्तव्य नेपाल ग्रुपले यहि असार ४ गते होटल अन्नपूर्णमा आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा प्रदान गर्न लागिएको ‘टुरिजम म्यान अफ दी इयर २०१७’ अवार्ड प्रति बजारमा फैलाइएका अर्नलगल प्रचार प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

ग्रुपले सन् २०१० देखि निरन्तर रुपमा पर्यटन क्षेत्र सँग–सँगै १ वर्षमा सामाजिक तथा सन्देश मुलक कार्य गर्ने, पर्यटन क्षेत्रमा चिरपरिचित व्यक्तित्व हुनु पर्ने, पर्यटन व्यवसायका लागि सफल व्यक्तित्व हुनु पर्ने तथा कुनै मुद्दा मामला वा फौजदारी मुद्दा नलागेको हुनु पर्ने आधारशिला बनाई टुरिजम म्यान अफ दी इयर अवार्ड छनौट समिति गठन गरी पूर्ण अधिकारसहित अवार्ड छनौट गर्नको लागि अधिकार प्रदान गर्दै आईरहेको छ । सोही कमिटिले सिफारिस गरेको आधारमा अवार्ड प्रदान गर्दै आईरहेको छ । 

यसै सन्दर्भमा केही दिनदेखि केही पर्यटन व्यवसायी लगायतले यो आधार शिलालाई अवमुल्यान गर्दै व्यक्ति विशेषको जुँगाको लडाँईको रुपमा लिई यो व्यक्ति र त्यो व्यक्तिलाई दिनुपर्छ भन्दै अनावश्यक टचर बिभिन्न ठाउँहरुमा दिई रहेको बुझिन आएको सन्दर्भमा टुरिजम म्यान अफ दी इयर २०१७ अवार्ड छनौट समितिलाई कसैको करकाप र छलछाममा नपरी २०१७को लागि उदारणीय व्यक्ति छनौट गरी यथाशक्य गन्तव्य नेपाल ग्रुपको केन्द्रिय कार्यालय कमलादीमा पेश गरिदिनु हुन अनुरोध गर्दछ । 

ग्रुपले विज्ञप्तिमा भनेको छः पर्यटन क्षेत्रको लागि यो अत्यन्तै महत्वपूर्ण र सानदार अवार्ड भएको हुँदा यसको उचाईलाई उच्च राख्दै वर्षभरीमा पर्यटन क्षेत्र सँग–सँगै उदारणीय र सन्देश दिन सफल उपयुक्त व्यक्तिको सुझबुझ गरी पेश गर्न अनुरोध गरिन्छ । 

तपाईंको बिचार