Sunday, November 19, 2017

रिभर फन बिच रिर्सोटको असार १५ मा हुने धान रोपाईमा व्यवसायीको घुँईचो लाग्ने

प्रकाशित मिति: 2017/06/14

जेठ ३१, काठमाण्डौ । गोरखाको कुरिनघाट बट्टारस्थीत रिभर फन बिच रिर्सोटले यही असार १५ गते धान रोपाईको आयोजना गर्ने भएको छ ।

कृषि र पर्यटन सँगसँगै भन्ने नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम अन्र्तगत कुरिनघाटको बट्टार क्षेत्रमा करिब २ सयको संख्यामा पर्यटन व्यवसायी र पत्रकारहरुको टोली सहभागि हुनेछन । बट्टारमा हुने रोपाई कार्यक्रमको लागि असार १५ गते बिहान काठमाण्डौबाट सहभागिहरु बट्टार पुग्नेछन, त्यसपछि स्थानिय खेतमा परम्परागत सांस्कृतिक बाजागाजाका साथ धान रोपाईमा सरिक हुनेछन । करिब ३ घण्टाको रोपाई कार्यक्रम पश्चात रिभरफन बिच रिर्सोटमा राती १२ बजेसम्म लाईभ म्युजिकको साथमा सहभागिहरुले मनोरञ्जन प्राप्त गर्न सक्नेछन ।
रोपाई कार्यक्रममा सहभागि हुनको लागि ईच्छुक व्यक्तिहरुले काठमाण्डौबाट जाने आउने यातायात खर्च, रोपाई कार्यक्रम र खानाखाजा बापत सहयोग स्वरुप ३५सय बुझाएर सहभागि हुन सक्ने आयोजकले जनाएको छ ।
कुरिनघाट क्षेत्रमा रहेको उक्त रिर्सोट लामो समयदेखी प्राकृतिक सम्पदा र नेपालको मौलिक संस्कृति जर्गेनामा क्रियाशिल रहँदै आएको छ । नेपाल कृषि प्रधान देश भएको र यसभित्रका बिबिधताको रक्षा गर्दै सरकारको धान दिवसको कार्यक्रमलाई थप बढावा दिन र कृषकहरुको आत्मबल उचो राख्नका लागि रोपाई कार्यक्रम धुमधामपुर्वक आयोजना गरिएको रिभर फन बिच रिर्सोटका सञ्चालक शंकर अधिकारीले बताउनुभयो ।
उसो त, रिभर फन बिच रिर्सोट बिगत ८ बर्षयता मनकामना भगवतीको दर्शन गर्न जाने यात्रुहरुलाई लक्षित गरी सञ्चालनमा आएको छ । देशी बिदेशी पर्यटकहरु माझ अन्त्यतै लोकप्रिय उक्त रिर्सोटमा सुबिधासम्पन्न एसीरुम र होमस्टे गरी एकरातमा २ सय जना अट्ने गरी आर्कषणका रुपमा रहेका छन । छेउकै त्रिशुली नदीमा बोटिङ गरेर फर्केपछि बास्केटबल र बालुवामथि भलिबल खेल्नुको आनन्द बेग्लै छ । त्यसमाथि शान्त बातावरण, पौडी, फिसिङ लगायतका अन्य एड्भेन्चरजन्य क्रियाकलापमा सहभागि हुँदै गोधुलीको मधुर संगित रात्रीकालिन जिबनमा परिणत हुँदै गर्दा आनन्दको उत्कर्षमा यहाँ पुग्ने जोकोही मनोमोहित हुने गर्र्दछन । काठमाण्डौबाट सहजरुपमा सडक यातायातबाट ४ घण्टाको दुरीमा पुग्न सकिने यस रिर्सोटमा तपाई पनि सहभागि हुने कि ?

 

तपाईंको बिचार