Tuesday, September 19, 2017

शेर्पाको अर्गानिक फार्म हाउस र त्यसप्रतिको समर्पण

प्रकाशित मिति: 2017/06/14

जेठ ३१, काठमाण्डौ । स्वच्छ हावा, स्वच्छ पानी, रमाईलो छ, जिन्दगानी । काठमाण्डौको धुलोमैलो र कोलाहल जिन्दगीका बिच यी कुराको परिकल्पना टाढाको बिषय बन्न सक्छ । हामी सबैलाई लाग्दो हो, गाँउमा फलेका हरिया सागपात, दुधालु गाईको दुध, खोरमा पालिएका अनगीन्ती कुखुरा  । जे मन लाग्यो त्यही खानु र जिउनु, प्राकृतिक आहर व्यवहार । काठमाण्डौमा हुनुहुन्छ भने यो राम्रो कहानी बन्न सक्छ, हाम्रो पालामा यस्तो उस्तो ।

हो तपाई हामीले सोच्ने गरेका आहारबिहारकै चिन्ता गर्दै पछिल्लो समय अर्गानिक खेति प्रबिधीको लोकप्रियता बढ्दै गएको छ ।
यसै मध्येका एक हुन, संगम शेर्पा । जो प्राङ्गारिक खेति प्रणालीका अभियान्ता नै मानिन्छन । २००३ यता युरोप र अमेरिकाका खेतिप्रणाली प्रति निरन्तर जानकार छन । त्यही सिको गर्दै ६ बर्षयता बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ स्थीत आकाशे धारा क्षेत्रमा २५ रोपनी क्षेत्रफलमा उनको अर्गानिक फार्म हाउस’ काठमाण्डौमा दुषित हावा खाएर बाँचेकाहरुका लागि बरदान साबित भएको छ ।
अर्गानिक फार्म हाउस भित्रै उनको निवास पुग्दा निकै प्रफुल्ल मुद्रामा देखिन्थे शेर्पा । हामीले उनको दैनिकी पछ्याउने कोशिस गर्यौ ।
बिहानै उठेर सर्वप्रथम मह र तातोपानी उनको नित्य कर्म हो । त्यसपछि व्ययामका लागि व्याडमिन्टन खेल्न निस्कीए । करिब ८ बजेपछि उनको औपचारिक कर्म सुरु भयो । करिब १२ जना मजदुर र परिवार समेत प्रत्यक्ष संलग्न रहेको उक्त फार्म हाउसमा उनी हरीयो साग खेलाउँदै परालको त्यान्द्रो सफा गर्दै रोग किरा बारे कर्मचारीलाई अह्नखटन गर्दै थिए । दर्जनौ गाई भैसी, त्योभन्दा बढि लोकल कुखराको मलमुत्रले सिंचित भएको उनको अर्गानिक फार्म लोकल बंगुर तथा ट्राउट माछा समेतका लागि प्रशिद्धी कमाएको छ । स्थानिय तथा महानगरबासीको स्वास्थ्य जिबनशैलीको पर्याय हो उनको फार्म ।
आखाँले देखेजति क्षेत्रमा सबै हरियो । शेर्पा मुस्कुराउँदै भन्दै थिए, मेरो आँखाको व्ययाम यसैमा टिकेको छ । हो पनि वरीपरीका कंक्रिट बस्ती र सधैको व्यस्त जिबनशैलीमा उनको अग्र्यानिक खेतिप्रणाली देख्ने जोकोही मोहित हुने गर्दछन ।
के छैन, उनको फर्ममा । साग, रायो, टमाटर, खुर्सानी , अदुवा, कुखुरा देखी भैसीसम्म, लसुनदेखी फर्सीसम्म सबैप्रकारका जातका बाली तरकारी उनको फर्ममा छन ।
यतिबेलासम्म एकथरी समुह तरकारी बजार पठाउन टिप्ने र प्याकेज गर्ने काम चलिरहेको थियो । बजारमा तरकारी पुर्याउनका लागि उनको आफ्नै निजी भ्यान छ । बजार पठाउने तरकारी फलफुलबारे सोधखोज गरीसकेपछि उनी फेरी घर फर्किए । भन्छन, जिबन यसैमा अडेको छ, कम्तीमा अर्गानिक बालीकै सहाराले स्वस्थ हावा खाएको छु, स्वच्छ सागपात आफु पनि खाने अरुलाई पनि खुवाउने हो हजुर, उनी यसै भन्दै थिए ।
यतिबेलासम्म बिहानको १० बजिसकेको थियो । कपनमै उनको ट्रेकिङ कम्पनी पनि रहेछ । केही समय यसैमा व्यस्त हुन्छु, बाँकी रहेको समय टान कार्यसमिती सदस्यको हैसितमा टानको बैठक, शेर्पा पर्यटन व्यवसायी संघमा पनि महासचिवको रुपमा त्यसभित्रका काम कारबाहीमा सक्रिय हुने गरेको उनले सुनाए । 
अग्र्यानिक खेतिप्रणालीका बिचबाट काठमाण्डौबासीलाई स्वच्छ तरकारीको पहरेदार त गरेकै छन, त्यो भन्दा बढि पर्यटनमा पनि व्यवसायीहरुमाझ उत्तिकै लोकप्रिय छन । 
अग्र्यानिक स्वादको पारखीहरु बढेसँगै उनको उत्पादन काठमाण्डौका तारेहोटलदेखी, भाटभटेनी, लाजिम्पाट क्षेत्रको ‘ल शेर्पा’ र बौद्धका फ्लेभर्स क्याफेमा समेत उत्तिकै लोकप्रिय छ ।
भन्छन, पछिल्लो समय स्वास्थ्य जिबनशैलीको खोजी गर्नेहरुको संख्या बढेसँगै माग धान्न कठिन भैरहेको छ । यसैमा उनको सफलता अडिएको छ ।
निकै हँसिला देखिने शेर्पा हिमालको पारखी हुनुपर्नेमा तरकारी बालीमा उनको लगाब साँच्चिकै लोभलाग्दो छ ।
भन्छन, केही फरक गरौ भनेरै अग्र्यानिक रोजेको हुँ, आखिर थोरबहुत काठमाण्डौबासीको मुटु जो स्वस्थ बनाएको छु । उनी हास्दै....... भन्दै थिए । साँच्चिकै उनको फार्मले त्यसैको संकेत जो गरिरहेका थिए, निर्धक्क खुलेको फार्म र त्यसभित्रका तरकारीले यसैको पुष्टी गर्दा हुन ।

तपाईंको बिचार