Saturday, November 18, 2017

शेर्पा पर्यटन व्यवसायी संघको प्रेस सल्लाहकारमा शिव अधिकारी

प्रकाशित मिति: 2017/06/16

असार २, काठमाण्डौ । समग्र पर्वतिय पर्यटन तथा शेर्पा पर्यटन व्यवसायीहरुको हक अधिकार रक्षाको लागि स्थापित शेर्पा पर्यटन व्यवसायी संघले आफ्नो काम कारबाहीलाई तिब्रता दिने बताएको छ । 

संघले पर्यटकीय गतिबिधीहरुलाई तिब्रता दिने बताउँदै यसको लागि सबै नियमन निकायहरुसँगको परामर्शलाई पनि तिब्रता दिईएको संघका महासचिव संगम शेर्पाले बताउनुभयो ।
उहाँले पर्यटन क्षेत्रमा शेर्पा संघलाई प्रभावशाली बनाउने बताउँदै सम्पुर्ण पर्यटन क्षेत्रसँग आवद्ध रहनुभएका शेर्पा पर्यटन व्यवसायीहरुलाई संघको सदस्यता लिनको लागि समेत आग्रह गर्नुभयो ।

यसैबिच संघको काम कारबाहीलाई तिब्रता दिन गन्तव्य नेपाल तथा राष्ट्रिय पर्यटन पत्रकार संघ(नाटोज)का अध्यक्ष शिव अधिकारीलाई प्रेश सल्लाहकारमा मनोनित गरेको छ ।
अधिकारीले प्रेश सल्लाहकारमा मनोनित भएसँगै शेर्पा संघलाई पर्यटन क्षेत्रमा  चलायमान संस्थाको रुपमा स्थापित गराउनको लागि आफु लागिपर्ने बताउनुभयो ।
उहाँले पर्वतिय पर्यटन बिकासको लागि शेर्पा जाति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिएको बताउँदै यो समुदायको हकहित रक्षाको लागि आफ्नो सधै शुभेच्छा रहने बताउनुभयो ।

 

 

तपाईंको बिचार