Friday, August 18, 2017  |    

प्रथम चाईना नेपाल ईन्टर फ्रेण्डसिप राफ्टिङ म्याच– २०१७ मा नेपाल बिजयी

प्रकाशित मिति: 2017/06/19

असार ५, काठमाण्डौ । प्रथम चाईना नेपाल ईन्टर फ्रेण्डसिप राफ्टिङ म्याच– २०१७ मा नेपाल बिजयी भएको छ ।

गत जुन  १५ देखी १८ तारिकसम्म चीनको तिबेटस्थीत ब्रम्हपुत्र नदीको ४२ सय मिटर अग्लो क्षेत्रमा सम्पन्न प्रतियोगितामा राफ्टिङ अन्र्तगतको कायाकिङ तर्फ पहिलो र बोटिङ तर्फ दोस्रो स्थान प्राप्त गर्न सफल भएको हो ।
नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज –नारा)का अध्यक्ष चन्द्र दाहालको नेतृत्वमा गएको उक्त टोलीमा कायाकिङ तर्फ दिनेश यादब पहिलो भए । त्यस्तै बोटिङमा निमबहादुर मगर, सुनिल गुरुङ, रामजी सेढाई र धिरज बिसीको टोली दोस्रो भएको हो ।
नारा स्थापनाको २९औं बर्ष मनाउँदै गर्दा बिश्वकै सबैभन्दा अग्लो नदी क्षेत्रमा पर्ने ब्रम्हपुत्रमा पुगेर नेपाली राफ्टिङ प्रतियोगिहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नाम राख्न सफल भएका हुन ।
चाईना न्याटिभ वाटर स्र्पोट्स सेन्टर, चाईना टिवेट माउन्टेनियरीङ तथा मिन्चेन गु्रप समेतको आयोजनामा  चीनियाँ नेपाल बिचको फ्रेण्डली म्याचमा नेपालले बिजय प्राप्त गर्नुले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको शिर उँचो राख्नुको साथै नेपालको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण रहेको नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज –नारा)का अध्यक्ष चन्द्र दाहालले बताउनुभयो ।
दाहालले चाईनामा प्राप्त भएको जित नाराको एकल रुपमा नभई देशकै प्रतिनिधीत्व भएकाले दुई देशको समग्र पर्यटन क्षेत्रको बिकास हुने र बिशेष गरी ‘वाटर टुरिजम’ बिकासको लागि समेत फलदायी हुने बताउनुभयो ।
यसैगरी नेपालको जल पर्यटन प्रवद्र्धन गर्नको लागि चीनको टीबेट स्थीत ‘ टीबेट ट्रिप ड्राईभ मास्टर डेभलपमेन्ट कम्पनी लिमिटेड र नेपाल एसोसिएन अफ राफ्टिङ एजेन्सिज(नारा) बिच सहमति समेत भएको छ ।
सहमति अनुसार नेपालको जल पर्यटन बिकासको लागि चिनका प्राबिधीक हरु नेपाल आएर प्रशिक्षण, सहयोग आदनप्रदानका साथै नेपाली जलबिज्ञहरु समेत चिन पुगेर जल प्रवद्र्धनको क्षेत्रमा लागि पर्ने नारा अध्यक्ष दाहालले जानकारी दिनुभयो ।
नेपाल र चिनबिच असल क्षिमेकी सम्बन्ध रहेको भन्दै उहाँले जल क्षेत्रको बिकास र समग्र टुरिजम क्षेत्रको प्रवद्र्धनमा प्रतियोगिता तथा आपसी सहमतिले थप उर्जा थपेको उहाँको भनाई छ । चिनमा पहिलो पटक भएको यस राफ्टिङ प्रतियोगिता अर्को बर्ष नेपालमा गर्ने सहमति समेत भएको उहाँले बताउनुभयो ।

तपाईंको बिचार