Friday, December 15, 2017

भिटोफद्धारा असार १५ मा नुवाकोटको बुढीसेरामा धान रोपाईको आयोजना

प्रकाशित मिति: 2017/06/19

असार ५, काठमाण्डौ । गाँउ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) नेपालले यही असार १५ गते नुवाकोटको शिवपुरी गाँउपालिका वडा नम्बर ७ स्थीत बुढीसेरामा धान रोपाईको आयोजना गर्ने भएको छ ।

सरकारको राष्ट्रिय धान दिबसको कार्यक्रममा थप उर्जा दिनुको साथै कृषि र पर्यटनको आर्थिक मेरुदण्डको मान्यतालाई थप उजागर गर्न तथा कृषकहरुको मनोबल उच्च राख्नका लागि धान रोपाईमा सहभागि हुन लागीएको गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) महासचिव बासु पाण्डेले बताउुभयो ।
प्रत्येक बर्ष धान दिवसमा रोपाई कार्यक्रममा भिटोफ संलग्न भएको भन्दै उहाँले रोपाईका दिन बुढिसेरामा स्थानिय पञ्चेबाजा, स्थानिय नाच तथा असारे भाका गाँउदै करिब २ सयको संख्यामा पर्यटन व्यवासायीहरु सहभागि हुने जानकारी दिनुभयो । यसका साथै धान दिवसका दिन बुढीसेराका खेतका आलीमा स्थानियसँगै सामुहिक रुपमा दहीचिउरा खाने कार्यक्रम समेत रहेको उहाँले बताउनुभयो ।
काठमाण्डौबाट ३५ किमि को दुरीमा पर्ने बुढीसेरामा पुग्न काठमाण्डौबाट पर्यटन व्यावसायी सम्मीलीत बसको व्यवस्था गरिएको छ । काठमाण्डौबाट बिहान ६ बजेर ३० मिनेटमा बुढीसेराका लागि प्रश्थान गर्ने र रोपाई कार्यक्रममा सहभागि हुन चाहने जोकोहीले यातायात खर्च, खाना खाजाबापत १५ सय बुझाएर सहभागि हुन सक्ने भिटोफले जनाएको छ । सहभागिहरु सोही दिन काठमाण्डौ फर्कनेछन ।

तपाईंको बिचार