Saturday, November 18, 2017

काठमाडौं महानगरपालिकका नवनिर्वाचित मेयर, उपमेयरलाई टीटीडीसीको स्वागत

प्रकाशित मिति: 2017/06/20

असार ६, काठमाडौं । ठमेल पर्यटन विकास परिषद् (टीटीडीस)ले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर तथा उपमेयरलाई बधाई तथा स्वागत गरेको छ । परिषद्ले हिजो राजधानीमा एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई स्वागत तथा बधाई गरेको हो । 

त्यस्तै परिषद्ले १६, १७, २६ र २७ वडाका वडाअध्यक्ष तथा सदस्यहरुलाई पनि बधाई तथा स्वागत गरेको हो । 
कार्यक्रममा परिषद्का अध्यक्ष समिर गुरुङले ठमेलको विकासका लागि परिषद् नवनिर्वाचित पदाधिकारी, स्थानीय व्यवसायी र घरधनीहरुसँग सहकार्य गर्दै अघि बढ्ने बताए । 

त्यस्तै महासचिव भवी शर्माले पर्यटकीय नगरि ठमेलको सडक, ढल, फुटपाथ र सडकबालबालिकाहरुको व्यवस्थापनमा विशेष चासो दिन नवनिर्वाचित पदाधिकारीहरुलाई आग्रह गरेका थिए । 
कार्यक्रममा नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीले ठमेलको विकासका लागि आफुहरु परिषद्सँग सहकार्य गर्दै अघि बढ्ने बाचा गरे । 

परिषद्ले काठमाडौं उपत्यकालाई लोडसेडिङमूक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई विशेष सम्मान गरेको थियो । सम्मान ग्रहण पश्चात उनले ठमेल पर्यटकीय नगरि भएको उल्लेख गर्दै यहाँको विजुली, टेलिकमको तारलाई अन्डरग्राउन्ड गर्ने वाचा समेत गरे । 

 

तपाईंको बिचार