Tuesday, September 19, 2017

एनएमएको निर्वाचन साउन ८ मा हुने, अध्यक्षमा चार र महासचिवमा ४ जनाको चर्चा

प्रकाशित मिति: 2017/06/20

असार ६, काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमएम)को निर्वाचन आगामी साउन ८ (तदनुसार जुलाई २३) मा हुने भएको छ । एनएमएका अध्यक्ष आङछिरिङ शेर्पाका अनुसार यस अघि नै संघको निर्वाचनको आवश्यक तयारी गरिएपनि स्थानीय तहको दोस्रो चरणको निर्वाचनको कारण साउन ८ गतेका लागि सार्न  कार्यसमिति सदस्यहरुबीच मौखिक सहमति भइसकेको जानकारी दिनुभयो । 

अव केही दिन भित्रै बस्ने संघको कार्यसमिति बैठकले सो विषयमा निर्णय गरि सार्वजनीक गरिने उहाँले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनमा एनएमए सम्बद्ध केही सदस्यहरु निर्वाचन प्रक्रियामा उम्मेदवारको रुपमा समेत भाग लिनु परेको कारण सदस्यहरुकै सल्लाहमा निर्वाचन मिति सारिएको अध्यक्ष शेर्पाले बताउनुभयो । 

संघको निर्वाचन मिति नजिकिएसँगै बजारमा चुनावी सरगर्मी बढेको छ । अहिले अध्यक्षको लागि सन्तविर लामा, निमानुरु शेर्पा, जिम्वाजाम्बु शेर्पा र भूमि लामाको नाम चर्चामा रहेको छ । उनीहरुले एकपक्षिय र बहुपक्षिय रुपमा छलफलललाई तीब्रता दिएका छन । 

त्यस्तै महासचिवका उम्मेदवारका रुपमा कुलबहादुर गुरुङ, बोधराज भण्डारी, टिका गुरुङ र  बीमल नहर्की नाम चर्चामा रहेको छ । उनीहरु पनि निर्वाचनको माहोल आफ्नो पक्षमा पर्न आवश्यक गृहकार्यमा जुटेको बुझिएको छ । 

 

तपाईंको बिचार