Friday, July 21, 2017  |    

गर्मी बढेसँगै पोखरामा भारतीय पर्यटक बृद्धि

प्रकाशित मिति: 2017/06/22

पोखरा । छिमेकी मुलुक भारतमा अत्याधिक गर्मी बढेसँगै पोखरा घुम्न आउने भारतीय पर्यटकको सङ्ख्यामा भारी वृद्धि भएको छ ।

बढ्दो गर्मी छल्न भारतका विभिन्न स्थानबाट भारतीय पर्यटकहरु पोखरा आउन थालेका हुन् । यसरी पोखरा आउने भारतीय पर्यटक पोखरा र आसपासका धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्ने गरेका छन् । भारतमा गर्मी बढेसंगै स्थलमार्गबाट पर्यटकीय गाडी संगै निजी सवारी साधन लिएर आउने पर्यटकको संख्यामा वृद्धि भएको हो ।

यो सिजनमा पोखरामा भारतीय पर्यटकको आगमन बढाउन भारतका विभिन्न सहरमा नेपाल पर्यटन बोर्डसहित पर्यटन सम्बद्ध सङ्घ संस्थाले गरेका प्रबर्द्धनात्मक कार्यक्रमको प्रभावकारिता बढ्दै गएपछि भारतीय पर्यटकको आगमनमा वृद्धि हुँदै गएको हो । बोर्डले हालसालै पर्यटन सम्बद्ध सङ्घ संस्थालाई लिएर भारतका विभिन्न सहरमा प्रबर्द्धनात्मक कार्यक्रमलाई अघि बढाएको छ । 

नेपाल पर्यटन बोर्ड, क्षेत्रीय कार्यालयको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा उत्तरपूर्वी भारतमा प्रबर्द्धनात्मक कार्यक्रम गरिँदै आएको छ । पछिल्ला दिन भारतको उत्तरप्रदेश, बिहार, पश्चिम बङ्गाल लगायतका स्थानबाट भारतीय पर्यटक आउने क्रममा वृद्धि भएको हो । भारतीय पर्यटक अधिकांशले निजी सवारी साधन लिएर आउने गरेका छन् । 

भारतीय पर्यटक पोखरा हुँदै मुक्तिनाथसम्म पुग्ने गरेका छन् । सामान्यतःभारतीय पर्यटकले दुई रात पोखरामा बिताउने गरेका छन् । केहि वर्षयता वातावरणीय परिवर्तनको असर भारतमा प्रचुर मात्रामा देखिएकोले भारतमा यो समय अत्याधिक गर्मी बढ्ने गरेको र उक्त गर्मी छल्न भारतीयहरु अन्य मुलुकको भ्रमणमा निस्कने गरेका छन् । 

भूकम्पपछी पोखरामा भारतीय पर्यटकको आगमनमा वृद्धि हुँदै गए पनि चिनियाँ पर्यटकको आमगनमा भने अझै वृद्धि हुनसकेको छ

तपाईंको बिचार