Friday, July 21, 2017  |    

नेकपा माओवादी केन्द्र निकट नेपाल पर्यटन व्यवसायी संगठनको प्रदेश भेला सम्पन्न

प्रकाशित मिति: 2017/06/27

काठमाडौं, १३ असार । नेकपा माओवादी केन्द्र निकट पर्यटन व्यवसायीहरुको संगठन नेपाल पर्यटन व्यवसायी संगठनको प्रदेश नम्बर चारको भेला सम्पन्न भएको छ । पोखरामा सम्पन्न भेलाले इन्द्रप्रसाद भण्डारीको संयोजकत्वमा प्रदेश नम्बर चारमा ५१ सदस्यीय समिति गठन गरेको छ। 

नेकपा माओवादी केन्द्रका पर्यटन विभाग इन्चार्ज लोकेन्द्रबहादुर विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा केन्द्रिय समितिको तर्फबाट केन्द्रिय संयोजक नवराज दाहाल सहित ३५ जनाको सहभागिता रहेको थियो । 

संयोजक दाहालले मुलुकको संघीय संरचना अनुसार असार महिना भित्रमा सातबटै प्रदेशमा संगठन विस्तार गर्ने जानकारी दिनुभयो । यसका अलवा मुलुकको पर्यटन विकासका लागि रचनात्मक कार्य गर्दै संगठनलाई अगाडी लैजाने उहाँले बताउनुभयो । 

 

तपाईंको बिचार