Monday, December 11, 2017

‘नो परमिट विथआउट टेकिङ गाइड इन ट्रेकिङ एरिया’

प्रकाशित मिति: 2017/06/27

भीम भारती विगत १० वर्ष देखि ट्रेकिङ गाइडको रुपमा कार्यरत हुनुहुन्छ ।  पोटर, असिस्टेन्ट गाइड हुदै ट्रेकिङ गाइडको रुपमा कार्य गर्दै आउनु भएका उहाँ  साहित्यकार पनि हुनुहुन्छ । गाइडिङ्ग कामबाट फुर्सदको समयमा उहाँ कविता, संस्मरण र गजल पनि खेल्नुहुन्छ । उहाँको ‘काँडे तारको यात्रा’ नामक गजल संग्रह बजारमा उपलब्ध छ भने कविता संग्रह र १० वर्षे शसस्त्र द्वन्द्धकालको संस्मरण प्रकाशोन्मुख रहेको छन् । 
१० वर्षदेखि नेपालका पदमार्गहरुको यात्रा गरिरहनु भएका भारतीले कैयन विदेशीहरुलाई समेत घुमाउनु भएको छ । मध्य तथा सुदुरपश्चिमबाट ट्रेकिङ गाइड पेशामा लाग्नेहरुको संख्या अहिले पनि अत्यन्तै न्यून छ । त्यसमा पनि सल्यानका त उनी एक्ला पात्र हुन जसले ट्रेकिङ गाइडको पेशा अंगालेका छन् । उनै ट्रेकिङ गाइड भारतीसँग गन्तव्य नेपालन्यूज डटकमले नेपालका पदमार्गहरुको अवस्था, त्यहाँ देखिने समस्या लगायतका विषयमा गरेको यात्रा संस्मरणात्मक कुराकानी :

पर्यटन क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ? 

नेपाल एक हिमाली मुलुक हो । यहाँ पर्यटनका थुप्रै सम्भावनाहरु छन् । त्यसकारण पनि एकन एक दिन संसारका मान्छेहरु नेपालको भ्रमणमा निस्कनछन् । त्यसले गर्दा पनि नेपालमा पर्यटनको प्रवल सम्भावनाहरु छन भन्ने मलाई पहिल्यै देखि लागेको थियो । तर यस क्षेत्रमा कसरी लाग्ने के काम थाल्ने भन्ने विषयमा थाहा थिएन । जब पर्यटन व्यवसायी मोहन लम्सालसँग भेट भयो । त्यसपछि मलाई यस क्षेत्रमा लाग्ने थप प्रोत्साहन मिल्यो र उहाँकै कम्पनी मकालु एड्भेञ्चरबाट मैले काम सुरु गरेको हु । र अहिले पनि त्यहीबाट काम गरिरहेको छु । 

ट्रेकिङ गाइडहरुका समस्या चाही के– के छन् ? 

विशेषतः हामीले अहिले तीन प्रकारका समस्याहरु भोग्नुपरेको छ । पहिलो भनेको सरकारी समस्या त्यो भनेको सरकारले ट्रेकिङ गाइडलाई व्यवस्थित रुपमा संचालन गर्न सकेको छैन् । दोस्रो नीजि एजेन्सिहरुको समस्या जसले गाइडहरुको श्रमशोषण गका छन् । उचित पारिश्रमिक नदिएर गाइड–गाइड बीच खेल्ने काम समेत गरेको छ । तेस्रो समस्या भनेको गाइडहरु आफैमा पनि एकवद्ध छैनन् । अर्कोतर्फ कपियत क्षमतावान पनि छैनन् । छनलाई त ट्रेकिङगाइड सम्बन्धि संस्थाहरु पनि छन् तर त्यसलाई अझै व्यवस्थित बनाउन सकिएको छैन् । जसको कारण समस्या अझ चर्कदो छ ।  

पदमार्गमा भोग्नुपर्ने समस्याहरु केके हुन ? 

नेपालका अधिकांश पदमार्गहरु पहिलो त व्यवस्थित छैनन् । व्यवस्थित नभएपछि सुरक्षित हुने कुरै भएन । होटल लज पनि अचाक्ली महंगा छन् । आयातित व्यस्तुहरु त महंगा छन्, छन त्यही उत्पादन हुने बस्तु पनि हुनुपर्ने भन्दा महंगा छन् । 

तपाईको विचारमा नेपालका पदमार्गहरुलाई व्यवस्थित बनाउन के गर्नुपर्छ ? 

मैले अघि पनि भने हाम्रा पदमार्गहरु व्यववस्थित छैनन् । पदयात्रामा क्रममा कतिपय पर्यटक, गाइड, पोटर मरेका घटना पनि प्रशस्तै छन् । याकले धक्का दिएर अन्नपूर्ण जादा मस्र्याङ्गदीमा,  मनास्लु जादा बुढीगण्डकी, सगरमाथा बेशक्याम्प जादा दुघकोशीमा झरेर मरेका घटनाहरु थुप्रै छन् । 

त्यसकारण पदमार्गहरुको व्यवस्थापन पहिलो प्राथमिकता हो । यसका लागि सरकार लाग्नुपर्छ र त्यसमा पर्यटकीय संघसंस्था र नीजि कम्पनीहरुले पनि सहयोग गर्नुपर्छ । अर्को महत्वपूर्ण कुरा ‘नो परमिट विथआउट  टेकिङ गाइड इन ट्रेकिङ एरिया’ बनाउनुपर्छ । यो भयो भने अहिले नेपालमा १५ हजार लाइसेन्स प्राप्त ट्रेकिङ गाइडहरु छन् उनीहरुले बेरोजगार हुनु पर्दैन । नेपालमा पर्यटकको आगमन वार्षिक बढ्दो छ । यही गतिमा पर्यटक बढ्दै जाने हो भने सरकारले वर्षमा तीन, चार पटक ट्रेकिङ गाइड ट्रेनिङ संचालन गर्नुपर्छ ।  त्यस्तै ज्याला त निर्धारण भएका छन तर कडाई पूर्वक अनुगमन गर्न नसक्दा त्यो लागु हुन सकेको छैन् । 
यी विषयमा ध्यान दिने हो भने पदयात्रामा जाने सबैलाई सहज हुन्छ जस्तो मलाई लाग्छ । 

 

 

तपाईंको बिचार