Tuesday, August 22, 2017

रिभर फन बिच रिर्सोटको रोपाई जात्रामा पर्यटन व्यवसायी, पत्रकार र स्थानीय यसरी रमाए !

प्रकाशित मिति: 2017/07/01

काठमाडौं, १७ असार । धान दिवसको अवसर पारेर असार १५ गते रिभर फन बिच रिर्सोट कुरीनटारले आयोजना गरेको रोपाईं जात्रा भव्यताका साथ  सम्पन्न भएको छ । रिभर फन विच रिसोर्टको परिसरमा आयोजित रोपाईं जात्रामा पर्यटन व्यवसायी, पत्रकार, कलाकार तथा स्थानियबासीहरुको ठुलो सहभागिता रहेको थियो ।

रोपाईं जात्रा कार्यक्रममा नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटाले रोपाईं जात्रा कार्यक्रमले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेल्ने वताए । त्यस्तै कार्यक्रममा नेपाल राष्ट्रिय पर्यटन व्यवसायि संघ (निट नेपाल) का अध्यक्ष दिपक महत,युवा पर्यटन व्यवसायी राजन सिंखडा, राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) का अध्यक्ष शिव अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उनीहरुले कृषि पर्यटनको प्रवद्र्धनका लागि रिभर फनले थालेको यो अभियान निकै सर्हानिय भएको बताए । 

रिभर फन विच रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारीले आँफुहरुले अव हरेक वर्ष रोपाईं जात्रा आयोजना गर्ने वताए । रोपाईं जात्रामा सहभागि पर्यटन व्यवसायी, पत्रकार, कलाकार तथा स्थानीयले हिलो छ्यापाछ्याप गरेर रमाईलो गरेका थिए । 

तपाईंको बिचार