Friday, July 21, 2017  |    

एनएमए निर्वाचन अगष्ट ५ लाई सारियो

प्रकाशित मिति: 2017/07/11

असार २७, काठमाण्डौ । नेपाल पर्वतारोहण संघ(एनएमए)को निर्वाचन यही अगष्ट ५ तारिकका दिन हुने भएको छ ।

गन्तव्य नेपाल नेपालसँग कुराकानी गर्दै अध्यक्ष आङछिरीङ शेर्पाले केही संस्थागत आन्तरीक तयारी र आरोहीहरुको आग्रहलाई स्वीकार्दै अगष्ट ५ का लागि निर्वाचन सारिएको बताउनुभयो । यसअघि एनएमए निर्वाचन जुलाई २८ मा हुने भनिएकोमा आन्तरीक कारण देखाउँदै एनएमएले पुन मिती सारेको हो ।
निर्वाचन घोषणा सँगै एनएमएको नेतृत्वको लागि केही व्यवसायीहरुले लबिङको तयारी तिब्र पारेका छन । अहिलेसम्म अध्यक्षको प्रत्यासीहरुमा सन्तबिर लामा, निमानुरु शेर्पा, भुमि लामा, जिम्माजाम्बु शेर्पा र जेपी लामाको नाम चर्चामा रहेको छ भने महासचिवको लागि कुलबहादुर गुरुङ, बोधराज भण्डारी र टिका गुरुङको नाम चर्चामा छ ।

तपाईंको बिचार