Saturday, November 18, 2017

टानमा कोषाध्यक्षको सहमति बिनै बैङ्क खाता खोलियो, कोषाध्यक्ष दाहालद्धारा बैङ्क खाता रोक्का

प्रकाशित मिति: 2017/07/11

काठमाडौं,  २७ असार ।  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को कार्यशैलीको बिबाद सतहमा आएको छ ।

टानको आर्थिक स्रोत परिचालन सम्बन्धमा लामो समयदेखी टान नेतृत्व र कोषाध्यक्षबिच जुहारी चल्दै आएको छ । कोषाध्यक्ष लिलाबल्दभ दाहाल ‘काका’ ले टानको आर्थिक स्रोत परिचालन गर्दा टान अध्यक्ष वा महासचिव र कोषाध्यक्षको अनिवार्य हस्ताक्षर चाहिने बिधानतः व्यवस्था भएपनि टान अध्यक्ष चन्द्र रिजाल र महासचिवले आफ्नो हस्ताक्षर दुरुपयोग गरी सह–कोषाध्यक्षको हस्ताक्षर चलाउन सकिने सहमति भएको भन्दै गैरीधारास्थीत सनराईज बैङकमा खाता समेत सञ्चालन गरिएको प्रति गम्भिर असन्तुष्टी  जनाएका छन । 
गन्तव्य नेपालसँग संक्षिप्त कुरा गर्दै कोषाध्यक्ष दाहालले आफुले सनराईज बैङ्कलाई टान बिधानको व्यवस्थाबारे जानकारी गराएको र त्यसपश्चात बैङ्कले खाता अनाधिकृत रुपमा सञ्चालन भएको स्वीकार्दै खाता रोक्का गर्ने बताएको उनले बताए ।
बैङ्क खाता सम्बन्धमा टान नेतृत्वले प्रष्ट जवाफ दिनुपर्ने भन्दै उनले यदी बिधानको निरन्तर उल्लंघन गरिए सर्वोच्च र अख्तियारमा जाने चेतावनी समेत दिएका छन ।

टानले गर्ने कुुनै पनि आर्थिक कारोबारमा अध्यक्ष वा महासचिव मध्ये कुनै एक तर कोषाध्यक्षको हस्ताक्षर अनिवार्य हुने पर्ने प्रावधान टानको विद्यानमा उल्लेख छ । चन्द्र रिजाल नेतृत्वको वर्तमान कार्यसमितिका केही सदस्यले जथाभावी खर्चमा हस्ताक्षर गर्न कोषाध्यक्षलाई आग्रह गरेको थियो । उक्त प्रस्ताव कोषाध्यक्षले अस्विकार गरेपछि अधिकार कटौती गर्ने गरि विधान संशोधन गर्ने प्रपञ्च रचिएको थियो । तर साधारण सभामा सो प्रस्ताव पेश नै हुन पाएको थिएन । 
टान पछिल्लो समय आर्थिक संकटमा फँस्दै गएपछि कोषाध्यक्षले खर्चमा मितव्ययी तरिका अपनाउने  गरि अघि बढेको तर रकमान्तर गरेर भएपनि खर्च गर्ने र आफ्नो इच्छा पूरा गर्ने ध्यायमा लागेका थिए । जसको कारण टानमा अध्यक्ष, महासचिव र कोषाध्यक्षको वोलचाल नै बन्द भएको थियो । तर केही व्यवसायीहरुको मध्यस्तकर्तामा उनीहरु बीच पुर्नमिलन गराइएको व्यवसायीहरुले बताउने गरेका छन् ।  

तपाईंको बिचार