Friday, July 21, 2017  |    

टान बैठकमा टेबल ठोकाठोक, अध्यक्षले गरे विद्यान संशोधनको प्रतिलिपि बाड्ने बाचा

प्रकाशित मिति: 2017/07/14

काठमाडौं, ३० असार । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मा झुक्याएर कोषाध्यक्षको अधिकार कटौती गर्दै विद्यान संशोधन गरेपछि सुरु भएको बिवाद थप उग्र बन्दै गएको छ । 

आज नक्साल मालिगाउँ स्थित टान कार्यालयमा बसेको कार्यसमिति बैंठकमा विद्यान संशोधन र कोषाध्यक्षको अधिकार कटौती सहित सह–कोषाध्यक्षको हस्ताक्षर चल्ने गरि केही दिन अघि मात्र सन्राईज बैंकमा खाता खोलेको विषयलाई लिएर विवाद भएको छ । 

अध्यक्ष चन्द्र रिजाल र कोषाध्यक्ष लिलाबल्लभ दाहाल पक्ष बीच यही विषयमा टेवुल कोठाकोठ भएका थियो । झड्पको स्थिती सृजना भएपछि अध्यक्ष रिजालले आइतबार बेलुँकी सम्ममा अहिले सम्म गरेको संस्थागत माइन्यूटको फोटोकपी र विद्यान संशोधनको प्रतिलिपि बाड्ने प्रतिवद्धता जाहेर गरे पश्चात बिबाद केही मथ्थर भएको थियो । 

आजको बैंठक बिना निश्कर्ष टुग्याइएको छ । टान सम्वद्ध व्यवसायीहरुले पनि यस विषयलाई नजिकबाट नियाली रहेको भन्दै नेतृत्व पक्षलाई मनोपोली नगर्न सचेत गराएका छन् ।  

अध्यक्ष रिजाल सहित वर्तमान कार्यसमितिका केही सदस्यले जथाभावी खर्चमा हस्ताक्षर गर्न कोषाध्यक्षलाई विगतमा पटक–पटक आग्रह गरेको र उक्त प्रस्ताव कोषाध्यक्षले अस्विकार गरेपछि यसअघि सम्पन्न टानको साधारण सभामा कोषाध्यक्षको अधिकार कटौती गर्नेगरि विद्यान संशोधनको प्रपञ्च रचिएको थियो । तर सदस्यहरुको विरोधका कारण त्यो योजना तुहिएको थियो ।  

 साधारण सभामा छलफल नै भएको विषयमा वर्तमान कार्यसमितिले चाकडी र पावरको भरमा जिल्ला प्रशासन कार्यालयबाट कोषाध्यक्षको अधिकार कटौटी गर्ने गरि विद्यान संशोधन गरेर ल्याइएको स्वयंम  टानका सदस्यहरुले बताउने गरेका छन् । तर उक्त संशोधित विद्यान अझै सार्वजनिक भने गरिएको छैन । 

टानले गर्ने कुुनै पनि आर्थिक कारोबारमा अध्यक्ष वा महासचिव मध्ये कुनै एक तर कोषाध्यक्षको हस्ताक्षर अनिवार्य हुने पर्ने प्रावधान टानको विद्यानमा उल्लेख छ । 

टान पछिल्लो समय आर्थिक संकटमा फँस्दै गएको छ । जसको कारण त्यहाँ कार्यरत कर्मचारीलाई समेत तलव खुबाउन नसक्ने अवस्थामा पुगेको छ ।  सोही विषयलाई मध्यनजर गर्दै कोषाध्यक्षले खर्चमा मितव्ययी तरिका अपनाउने  गरि अघि बढेपनि अध्यक्षले भने टिम्स तर्फको रकम रकमान्तर गरेर आफ्नो इच्छा पूरा गर्ने ध्यायमा लागेपछि यो समस्याको बिउ रोपिएको थियो । 

टान स्रोतका अनुसार जेठ महिनाको तलव पनि असारको १८ गते मात्र कर्मचारीहरुलाई दिइएको बताएको छ ।

तपाईंको बिचार