Friday, October 20, 2017

एनएमएमा सहमतिय नेतृत्वका लागि तयार छु :निमानुरु शेर्पा

प्रकाशित मिति: 2017/07/16

काठमाण्डौ । आगामी अगष्ट ५ मा नक्सालस्थीत स्टार भेन्यूमा हुने तय भएको एनएमएको निर्वाचन नजिकिदै गर्दा अध्यक्षका प्रत्यासीहरुको बोली सार्वजनिक हुँदै गईरहेको छ ।

एनएमए निर्वाचनका सन्दर्भमा अध्यक्षका प्रत्यासी निमानुरु शेर्पाले गन्तव्य नेपालसँग कुराकानी गर्दै आफु राजनीतिक गुटउपगुटका बिच एनएमएको निर्वाचनमा नजाने बताउँदै एनएमएलाई राजनीतिमुक्त पर्वतिय पर्यटनको सानदार संस्थाको रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।
अमेरिकामा हुने आफ्नी छोरीको ह्वाईट कोर्ट सेरेमोनीमा भाग लिनको लागि अमेरिका प्रश्थान गर्नुअघि गन्तव्य न्यूजसँग कुराकानी गर्दै एनएमएलाई व्यवसायिक संस्था बनाउन आफु प्रतिबद्ध रहेको र त्यसको लागि सर्वसहमतिय नेतृत्व लिनको लागि आफु तयार रहेको पनि बताउनुभयो ।
‘म एउटा स्वच्छ छवी र पर्वतिय पर्यटनमा पसिना बगाएर पर्वतिय पर्यटन प्रवद्र्धनको लागि अहोरात्र खटिरहेको व्यक्ति हुँ ः उनले भने ।त्यसैले आफ्नो नेतृत्वमा सम्पुर्ण पर्वतिय पर्यटनमा लाग्नुभएका आरोही साथीहरु तथा राजनीतिक पार्टीका साथीहरुलाई सहभागी हुन अनुरोध गर्दछु ।’
आफुले सम्पुर्ण आरोहीहरु एवमं एनएमए शुभचिन्तक हरुलाई समेटेर अगाडि बढ्ने र एनएमएको उचाईलाई थप उर्जा प्रदान गर्न आफु प्रतिबद्ध रहेको पनि बताए ।

तपाईंको बिचार