Friday, October 20, 2017

‘टुरिजम म्यान अफ दि ईयर २०१७’ छनौट गर्न रामशरण थपलियालाई अख्तियारी प्रदान

प्रकाशित मिति: 2017/07/17

साउन २, काठमाण्डौ । गन्तव्य नेपाल गु्रपद्धारा प्रकाशित गन्तव्य नेपाल साप्ताहिकको १३ औं बार्षिकोत्सवको अवसरमा प्रदान गर्न लागिएको टुरिजम म्यान अफ दि ईयर अवार्ड २०१७ छनोट समितीको आईतबार बसेको बैठकले अवार्ड छनौट संयोजक रामशरण थपलियालाई नै उपयुक्त व्यक्ति छनौट गर्नको लागि अख्तियारी प्रदान गरेको छ ।

संयोजक रामशरण थपलियाले छनौट समितीले मलाई बिश्वास गरेर पर्यटन बर्ष व्यक्तित्व छनौट गर्ने अधिकार दिएको छ, अव सुझबुझका साथ उपयुक्त व्यक्ति छनौट गरी सिफारिस गर्छु– उनले भने ।
थपलियाले छनौट समितीका आठ जनाको हस्ताक्षर भएको बाँकी ३ जना बिदेशमा रहेकाले हस्ताक्षर हुन बाँकी रहेपनि आफुलाई टेलिफोन मार्फत अधिकार दिईएको पनि बताए ।

तपाईंको बिचार