Saturday, November 18, 2017

टानको निर्वाचन २८ अक्टुबर भित्रै गर्ने अध्यक्ष रिजालको स्पष्टोक्ती

प्रकाशित मिति: 2017/09/05

भदौ २०, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्र रिजालले टानको निर्वाचन आउँदो २८ अक्टुबर भित्रै सम्पन्न गर्ने प्रष्ट पारेका छन् । गन्तव्य नेपालसँग कुरा गर्दै अध्यक्ष रिजालले संघको विद्यान अनुसार वर्तमान कार्यसमितिले निर्वाचन सम्पन्न गराई नेतृत्व हस्तान्तरण गर्ने बताए ।

‘अघिल्लो कार्यसमितिले विद्यानत २१ सेप्टेम्बरमा गर्नुपर्ने निर्वाचनलाई सारेर १५ अक्टुबरमा गराएर २८ अक्टुबरमा नेतृत्व हस्तान्तरण ग¥यो उनले भने, त्यसर्थमा वर्तमान कार्यसमितिले २ वर्ष सम्म टानमा रहेर काम गर्ने अधिकार छ । हामी सो मितिभित्र निर्वाचन गर्न कहाँ–कहाँको हरहिसाव फच्र्याैट गर्नुपर्ने हो गरेर निर्वाचन सम्पन्न गरेरै छाड्छौ ।’

बजारमा अनावश्यक हल्लाको पछि नलागी निर्धक्कसँग चुनावी अभियानमा जुट्न पनि उनले सबै पदयात्रा व्यवसायीहरलाई आग्रह गरे । ‘ नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्यटन विभाग प्रमुख सूर्य थापा मंसिर महिनामा हुने प्रदेश सभा निर्वाचनको उम्मेदवार बन्दै हुनुहुन्छ । गन्तव्य नेपालसँगको कुराकानीमा उनले थपे, त्यसकारण म उहाँको चुनावी प्रचार अभियानका लागि प्युठान जानुपर्ने छ त्यसले गर्दा म स्वयंमलाई पनि समयको अभाव छ,  ढुक्क हुनुस् २८ अक्टुबर भन्दा उत्ता यो कार्यसमिति टानमा रहदैन ।’

 

तपाईंको बिचार