Saturday, November 18, 2017

माउन्टेन गाइड ट्रेक्सका संचालक रामचन्द्र धमला टानको सचिवका उम्मेदवार

प्रकाशित मिति: 2017/09/05

भदौ २०, काठमाडौं । पर्यटन व्यवसायी रामचन्द्र धमलाले आसन्न ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । २० वर्षे पर्यटन यात्राका क्रममा संगालेको अनुभवलाई टानको सचिव पदमा रहेर पर्वतीय पर्यटनको विकासमा लगाउन आफुले उम्मेदवारी दिन लागेको बताए । 

‘लामो समय देखि यस क्षेत्रमा काम गरे, गन्तव्य नेपालसँगको कुराकानीमा उनले भने, यस क्षेत्रका समस्या र सम्भावना सबै देखियो, भोगियो त्यसकारण ती समस्याहरु समाधान र सम्भावनाहरुको उजागर गर्नका लागि संस्थामा रहेर केही काम गरौ भन्ने योजनाका कारण मैले उम्मेदवार दिन लागेको हो ।’ 

व्यवसायी छाता संगठनमा पछिल्लो समय अत्याधिक राजनीतिकरण भएको भन्दै उनले त्यसको अन्त गर्दै टानलाई विशुद्ध पर्वतीय पर्यटनको विकासमा लगाउन पनि आफुहरु जस्ता युवाहरु टानको नेतृत्व तहमा जान आवश्यक रहेको उनले बताए । धमला माउन्टेन गाइड ट्रेक्स एन्ड एक्सपीडिसन र द एड्रेश होटलका संचालक हुन । 

 

तपाईंको बिचार