Thursday, November 23, 2017

भिटोफ कास्कीको अध्यक्षमा रविन्द्र पौडेल

प्रकाशित मिति: 2017/09/06

पोखरा । गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ) नेपालको पोखरा शाखाको अध्यक्षमा रविन्द्रराज पौडेल निर्वाचित भएका छन् । पोखरा शाखाको तेस्रो वार्षिक साधारण सभा एवम् दोस्रो अधिबेशनले पौडेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्ष चुडामणि दाहाल, सचिव रमेश खत्री र कोषाध्यक्ष सूर्थनाथ पहारी रहेका छन् । त्यस्तै, सदस्यहरुमा सुशीला भण्डारी, अशोक पराजुली, भुपेन गुरूङ, सन्तोष सापकोटा र कमलबहादुर भुजेल निर्वाचित भएका छन् । ११ जनाको कार्यसमिति रहने व्यवस्था अनुसार १ जना कार्यसमिति सदस्य निवर्तमान अध्यक्ष तारा पहारी र बाँकी एक जना निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ ।

तपाईंको बिचार