Thursday, November 23, 2017

पर्यटन व्यवसायी पूर्णचन्द्र भुषालले टानको महासचिवमा उम्मेद्वारी दिने

प्रकाशित मिति: 2017/09/06

भदौ २१, काठमाडौं ।  पर्यटन व्यवसायी एवं गंगापूर्ण ग्लासियर ट्रेक्सका संचालक पुर्णचन्द्र भुषालले आसन्न ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचमा महासचिव पदमा उम्मेदवारी दिने बताएका छन् ।

तीन दशकदेखि पर्यटन क्षेत्रमा अनवरत रुपमा लागेका भुषाल ६१/६२को जनआन्दोलनताका मजदुरहरुको संगठन युनिट्राभमा महासचिवको रुपमा कार्यरत थिए । स्याङ्जा चापाकोटमा स्थायि घर भएका भुषाल हाल नागार्जुनमा बसोबास गर्दै आईरहेका छन् । गन्तव्य नेपालसँग संक्षिप्त कुराकनी गर्दै उहाँले पदयात्रा पर्यटन सुधारको लागि र राजनीति मुक्त टानको लागि आफुले महासचिवमा उम्मेद्वारी दिन लागेको बताए । टान राजनीति गर्ने केही व्यक्तिहरुको अखडा बन्दै गइरहेको र राजनीतिक पृष्ठ भूमिलाई दरिलो बनाउन टानलाई भूमिको रुपमा प्रयोग गरिएको भन्दै त्यसको अन्त्यको लागि आफ्नो उम्मद्वारी जरुरी रहेको बताए । 

मजदुर, कर्मचारी, व्यवसायी बिचको समस्याहरु जिउँको तिउँ छन् । समग्र पर्यटन क्षेत्रको चलायमान संस्था टानमा सँधै वादविवादले प्रसय पाईरहेको छ । त्यसकारण पर्वतीय पर्यटनको विकास विस्तारको लागि आफ्नो लामो समयको पर्यटन अनुभवलाई सदुपयोग गरी टानलाई विशुद्ध पर्वतीय पर्यटनको विकासमा लगाउन आफुले उम्मेद्वारी दिने बताए । 

केही अमुक व्यक्तिहरुले टानलाई विगार्नको लागि प्रयोग गरिरहेका छन् । अब पनि हामी जागेनौ भने समग्र पर्वतीय पर्यटन नै धारासायी बन्दै जानेछ उहाँले भन्नु भयो । म मजदुरहरुको संगठनमा पनि लामो समय काम गरी सकेको र व्यवसायमा पनि लामो अनुभव बोकेको व्यक्ति भएकोले तत्कालको टानको साख जोगाउन पनि आफ्नो महासचिवको उम्मेद्वारी रहेको प्रस्ट्याए । भुषाल नेकपा एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका सचिवालय सदस्य हुन् । 

 

तपाईंको बिचार