Saturday, November 18, 2017

लुम्बिनीको गुरुयोजना भन्द्रगोल बन्दै

प्रकाशित मिति: 2017/09/10

भदौ २५, कपिलबस्तु । लुम्बिनी गुरुयोजनाको काम अलपत्र परेको छ । कर्मचारी आन्दोलन, कहिले पदाधिकारीबीचको मनमुटाव तथा सरकारी समन्वय अभावमा गुरुयोजना अलपत्र परेको हो ।

पछिल्लो पटक लु्म्बिनी विकास कोषमा २ साता यता ज्यालादारी कर्मचारीले तालाबन्दी गरेर काम ठप्प पारेका छन् । ३९ बर्षअघि सुरु भएको गुरुयोजना पुरा हुन अझै १५ प्रतिशत बाँकी छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई धार्मिक र साँस्कृतिक केन्द्र बनाउन थालिएको गुरुयोजना कहिले सकिने हो टुंगो छैन । जापानी वास्तुकलाविद् प्रोफेसर केञ्जो टाङ्गेले बनाएको गुरुयोजना सन् १९७८ बाट सुरु गरिएको थियो । अहिलेसम्मको खर्चको लेखाजोखा समेत कोषमा छैन ।

लामो समय भएको र जग्गा अधिग्रहणदेखिको खर्च जोड्नुपर्ने भएकाले हिसाव निकाल्न अप्ठेरो भएको कोषका लेखाअधिकृत भीम बस्नेतले बताउनुभयो ।

तपाईंको बिचार