Saturday, November 18, 2017

टिबानमा अनिमियतता भएको भनाई

प्रकाशित मिति: 2017/09/10

भदौ २५, काठमाडौं । टुरिष्ट बस एसोसिएशन अफ् नेपाल (टिबान)को सातौं बार्षिक साधारणसभा नजिकीदै गर्दा संस्था भित्र रहेको अनिमियतता खुलासा हुन थालेको छ ।

 केही समयदेखि संस्था भित्रका सदस्य बिच आपसी खिचातानी बढेपछि भित्री कुराको आरोप प्रत्यारोपले प्रसय पाएको हो । २०७२ सालको भुकम्प र त्यसपछिको नाकाबन्दीको समयमा पोखरा, चितवनलगायत पर्यटक सवार जाने गाडिको डिजेल पेट्रोल अभाव भएको भन्दै संघले हलचोक पेट्रोल पम्पलाई पैसा दिनुपर्छ भन्दै पर्यटक सवार गाडिहरुसँग प्रतिदिन प्रत्येक गाडिबाट एक हजार रुपैया असुलेको बुझिन आएको छ । नाम नबताउने सर्तमा टिबानका एक सदस्यले हलचोक पेट्रोल पम्पलाई घुस खुवाएर पेट्रोलियम पदार्थ सहज बनाउन भन्दै लाखौं रकम असुलेको बताएका छन् । उनले करिब तीन महिनासम्म टिबानका सदस्यहरुबाट पैसा उठाईयो त्यसको लेखाजोखा छैन । ३५/४० लाखको हिसाब देखिनु पर्नेमा संघमा हिसाब नै देखाइएको छैन ।

यसमा संघमा बसेका क–कसको मिलेमतो छ हामी गम्भिर भएका छौं । पर्यटक सेवालाई स्तरिय र गुणस्तरिय बनाउन जन्मेको संस्थामा यसरी भ्रष्ट्राचार मौलाउनु अत्यन्तै दुःखद विषय हो हामी अनिमियतताको विरुद्धमा छौं अविलम्ब टिवान छानबिन हुनुपर्छ । यसै गरी पोखरा नाटा सचिवालयमा पोखराका टिबान सदस्यहरुले भुकम्प र नाकाबन्दीको नाममा टिवानले उठाएको अनैतिक रकम विरुद्ध विरोध जनाउँदै अविलम्ब रोख्नको लागि अनुरोध गरेका थिए । यसमा पोखरा नाट्टा च्याप्टरमा विरोध पत्र बुझाएर काठमाडौं नाट्टालाई पनि बोधार्थ पठाएको भए पनि उक्त विरोध पत्रमा नाट्टा केन्द्रिय समिति मौन बसेको बताएको छ । टिबानको निर्वाचन आगामि असोज ३ गते हुने बताइएको छ । 

तपाईंको बिचार